single head

गैँडाकोट नमूना कलेजले स्मार्ट क्लासरुम र नयाँ भवनमा कक्षा सञ्चालन गर्ने लक्ष्यसहित वार्षिक योजना सार्वजनिक

single post top 1

गैँडाकोट । नवलपुरको गैँडाकोटस्थित अग्रणी शैक्षिक संस्था गैँडाकोट नमूना माध्यमिक विद्यालय/कलेज (GNSSC) ले आगामी शैक्षिक सत्र २०८३ का लागि आफ्नो विस्तृत ‘वार्षिक व्यावसायिक योजना’ (Annual Business Plan – ABP) सार्वजनिक गरेको छ।

single p1

शनिबार होटल द नारायणीमा बिहान ८ बजेदेखि सुरु भई अबेर साँझसम्म सञ्चालन भएको ‘म्याराथन’ कार्यशालाबाट विद्यालयको भावी मार्गचित्र तय गर्दै थप व्यावसायिक तथा बजारमुखी विषयहरू सञ्चालन गर्ने निर्णय गरिएको हो।

single p2
कार्यशालाले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण र अत्याधुनिक शिक्षण पद्धतिलाई प्रमुख प्राथमिकतामा राखेको छ। निर्माणाधीन नयाँ तथा सुविधासम्पन्न भवनमा आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने र सबै कक्षाकोठालाई ‘स्मार्ट क्लासरुम’ मा रूपान्तरण गर्ने निर्णय गरिएको छ। प्रविधिमैत्री शिक्षालाई प्रवर्द्धन गर्न मल्टिमिडिया तथा डिजिटल सिकाइ सामग्रीको प्रयोगलाई अनिवार्य बनाइ ‘७-ए फ्रेमवर्क’ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने योजना समेत सार्वजनिक गरिएको छ।

हाल कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट तथा स्नातक तहमा BBS अध्ययन सञ्चालन गरिरहेको संस्थाले आगामी वर्षदेखि ‘आई.टी. इन्टिग्रेटेड BBS’ कार्यक्रम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ।

कार्यशालाको पहिलो सत्रमा विभिन्न तह तथा विभागका प्रमुखहरूले आ-आफ्नो भावी योजना र भिजन प्रस्तुत गरेका थिए। पूर्वप्राथमिक, प्राथमिक र माध्यमिक तहका संयोजकहरू कविता आले, महेन्द्र के.सी. र धनेश्वर गौतम तथा प्लस टु (+2) र BBS का विभाग प्रमुखहरू डा. रामकृष्ण तिवारी, विष्णु पौडेल, कुञ्जन न्यौपाने र लक्ष्मीकान्त शाँखीले आफ्ना रणनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै परीक्षा संयोजक खेम आचार्य, आइटी संयोजक नरेन्द्र शर्मा र अंग्रेजी भाषा संयोजक राजेश खनालले समेत आ–आफ्नो क्षेत्रगत योजना सार्वजनिक गरेका थिए।

कार्यक्रमका मुख्य योजनाकार तथा म्यानेजिङ डाइरेक्टर इन्द्रप्रसाद रेग्मीले विद्यालयको व्यावसायिक तथा संरचनात्मक विकासको विस्तृत खाका प्रस्तुत गर्दै कार्यशालाको उद्देश्य स्पष्ट पारे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रिन्सिपल गोपेन्द्र केशरी न्यौपानेले स्वागत मन्तव्य राख्दै विद्यालयका शैक्षिक लक्ष्य तथा भावी चुनौतीबारे प्रकाश पारेका थिए।

कार्यक्रमको सञ्चालन भाइस प्रिन्सिपलले गरेका थिए। कार्यक्रममा अध्यक्ष लम्सालले “हामी गफमा होइन, परिणाममा विश्वास गर्छौँ। नयाँ भवन, स्मार्ट क्लासरुम र बजारमुखी विषयहरूको सुरुवातसँगै गैँडाकोट नमूनाले शिक्षा क्षेत्रमा नयाँ मानक स्थापित गर्नेछ,” भन्दै संस्थाको आगामी दिशा स्पष्ट पारे। कार्यशालाको दोस्रो सत्रमा शेयरधनीहरूको विशेष साधारण सभा सम्पन्न भएको थियो। सभाले वार्षिक बजेट अनुमोदन, नयाँ भवन तथा भौतिक पूर्वाधार प्रस्ताव, शैक्षिक क्यालेन्डर २०८३ तथा संस्थागत निर्देशिकालाई अन्तिम स्वीकृति प्रदान गरेको छ। साथै आन्तरिक प्रशासनिक पुनर्संरचना र नयाँ कर्मचारी नियुक्तिसम्बन्धी महत्वपूर्ण निर्णयहरू समेत गरिएको जनाइएको छ।

कार्यक्रम अन्त्यमा भाइस प्रिन्सिपलबाट माइन्युट संकलन तथा डकुमेन्टेसन र अध्यक्षबाट धन्यवाद ज्ञापनसँगै औपचारिक रूपमा सम्पन्न भएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3