single head

कालिका नमुना माध्यामिक विद्यालयले स्वर्ण महोत्सव मनायोे

single post top 1

नवलपुर । गैँडाकोट नगरपालिका वाड नं. ८ मा अवस्थित कालिका नमुना माध्यामिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । स्वर्ण महोत्सव समारोहका साथै स्वर्ण स्तम्भको समुद्घाटन गर्दै गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले कालिका नमुना माविको शैक्षिक एवम् भौतिक पूर्वाधार विकासमा गण्डकी प्रदेशले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

single p1

प्रदेश सांसद महेन्द्रध्वज जिशी, गैँडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारी लगायतका वक्ताले कालिका माविको स्थापनाकालको संघर्षलाई स्मरण गर्दै शुभकामना प्रदान गरेका छन् । वि.सं. २०३३ साल मंसिर २५ गते ३१ जना विद्यार्थीबाट सुरु भएको कालिका नमुना माविले ५० वर्षको शैक्षिक यात्रा पार गरेको छ ।

single p2

वि.सं. २०४० सालमा निमावि, २०४८ सालमा मावि, २०६४ सालमा साविक उच्च मावि बनेको यस विद्यालयमा २०७४ सालमा नमुना विद्यालय कार्यक्रम सुरु भएको थियो । एकहजार तीन सय २७ जना विद्यार्थी पठन पाठन गर्दै आएको यस विद्यालयको औषत सिकाइ उपलब्धी २ दशमलब७४ जिपिए रहेको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले बताउनुभयो ।

विद्यालयको स्थापना र सञ्चालनमा समुदायको महत्त्वपूर्ण योगदान रहेको छ । समुदायकै सहयोगमा विद्यालयले करिब २५ लाखको अक्षयकोष बृद्धि गरि यस बर्ष ७५ लाख पुर्याउने संकल्प लिएको छ । स्वर्ण महोत्सव अन्तर्गत विद्यालयले विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ भने शनिबार स्वर्ण महोत्सव समारोहमा संस्थापक अध्यक्ष शालिकराम सापकोटा, संस्थापक प्रधानाध्यापक वेदप्रसाद गौडेल र अक्षयकोष दाताहरुलाई सम्मान गरिएको छ ।

शनिबार नै स्वर्ण महोत्सव समारोहको सांस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय कलाकार लोकगायक पशुपति शर्माले मलाई अमेरिका यहीँ, मलाई बेलायत यही लगायतका विभिन्न गीतमा विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई नचाएका थिए । लोकगायिका दुर्गा सापकोटा, लोकदोहोरी गायक दिपक खड्का ,शारदा सापकोटा लगायतका स्थानीय कलाकारहरुले बेजोड प्रस्तुती दिएका छन् ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3