spot_img

Wednesday, December 10, 2025

जेसीआई बुलिङटारको अध्यक्षमा अनिश खण्डलुक निर्वाचित

माघ ४,नवलपुर  ।  बुलिङटार जेसीजको अध्यक्षमा अनिश खण्डलुक मगर निर्वाचित हुनु भएको छ ।
बुलिङटार जेसीजको तेस्रो शाखा अधिवेशनबाट वर्ष २०२५ का लागि अध्यक्षमा मगर निर्वाचित हुनु भएको हो ।
बुलिङटार जेसीजको तेस्रो शाखा अधिवेशनबाट अध्यक्ष मगरको नेतृत्वमा कार्यकारिणी उपाध्यक्षमा दुर्गा बकावल मगर र अमिता कुमाल निर्वाचित हुनुभएको छ ।
यस्तैगरी, उपाध्यक्षपदमा ,रुपेश क्षेत्री , विवेक श्रेष्ठ, तुल बहादुर राना र अमृत सिग्देल निर्वाचित हुनुभयको निर्वाचन अधिकृत लोक प्रसाद रामदामले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिलाई माघ ५ गते पदभार ग्रहण गरिँदैछ ।
सुगम क्षेत्र मानिने नवलपुर जिल्लाको दुर्गम पहाडी भेग बुलिङटारमा यसरी युवाहरुको सक्रियतामा भईरहेको युवा नेतृत्व विकास सम्बन्धी कार्यक्रमले स्थानीय युवावर्ग र आम नागरिकहरूमा उत्साह बढेको संस्थाका फाउन्डर प्रेसिडेन्ट सन्दीपकुमार श्रेष्ठले बताउनुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :