single head

गैडाकोट सुनचादी व्यवसायी संघको उपाध्यक्षमा युवा समाजसेवी अविनाश सुनार चयन

single post top 1

गैडाकोट । गैडाकोट सुनचाँदी व्यवसायीको उपाध्यक्षमा युवा समाजसेवी अविनाश सुनार चयन हुनुभएको छ । सोमबार गैडाकोटमा भएको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट उहाँ सर्वसम्मत रूपमा उपाध्यक्षमा चयन हुनुभएको छ।

single p1

सुनार यसअघि संस्थाको महासचिवमा रहेर काम गर्दै आइरहनु भएको थियो। महासचिवबाट सुनार यसपटक उपाध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । सुनारले गैंडाकोट १६ नम्बर चोकमा दाउन्नेमाई सुनचादी पसल सञ्चालन गर्दै आउनु भएको छ ।
२०७३ सालमा स्थापना भएको यस संस्थाले स्थानीय स्तरमा सुनचाँदी व्यवसायीहरूको हकहित र व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3