चैत १ गतेदेखि ‘ २५ औं फ्लोरा एक्स्पो ’ हुने / ५० हजारबढीले अवलोकन गर्ने अपेक्षा

kala sahitya side 2

काठमाडौं (निराज रानाभाट) । फ्लोरिकल्चर एशोसिएसन नेपाल ( फ्यान ) को आयोजना तथा पुष्प विकास केन्द्रको सह – आयोजनामा चैत १ गतेदेखि ४ गतेसम्म ‘ २५ औं फ्लोरा एक्स्पो – २०८० ’ आयोजना गर्ने भएको छ । एशोसिएशनले  काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘ २५ औं फ्लोरा एक्स्पो ’ हुने जानकारी दिएको हो ।

एक्स्पो राजधानी काठमाडौंको भृकुटिमण्डप प्रदर्शनी हलमा आयोजना हुने एसोसिएसनले जनाएको हो । एसोसियसनले ‘ स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने नाराका साथ एक्स्पो आयोजना गर्न लागेको हो । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रबर्द्धनको लागि एशोसिएसनले हरेक बर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला / प्रदर्शनीको आयोजना गर्दै आईरहेको छ ।

Article Inline 2

यस एक्स्पोको उद्घाटन चैत १ गते, बिहीबार बिहान ११:०० बजे कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले गर्ने आयोजकले बताए । एक्स्पोमा ४ सय ५० बढी प्रकारकार फूलका विरुवा हुने छन्, ६० वटा व्यवसायीक स्टल, ३ वटा ल्याण्डस्केपिङ्ग स्टल, ८ वटा अफिसियल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने छन् । एक्स्पोमा सर्वसाधारणहरुलाई १ सय ५० रुपैयाँ र विद्यार्थीहरुका लागि १ सय रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक पक्षले जनाएको छ ।

विगत वर्षमा झै यस वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको विभिन्न विधाहरुमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर ( गुलाब, जरबेरा र कार्नेशन ) स्वच्छ प्रतिस्पर्धा गराइने छ । सोको मुल्याङ्कन सम्बन्धित क्षेत्रका विज्ञ प्राविधिकद्वारा हुने आयोजकले बताए । यसरी प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुने पुष्प व्यवसायीलाई मेला समुदघाटन समारोहको अवसरमा नगद, शिल्ड तथा प्रमाण – पत्रद्वारा पुरस्कृत गरिने छ । साथै, हरेक वर्ष जस्तै यस वर्ष पनि विगत लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरु मध्ये १ जनालाई छनौट गरी मेला उद्घाटन कै अवसरमा उक्त नर्सरीलाई कदर – पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजकले बताए । यस पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ / संस्थाहरुको सहभागिता रहने छ । पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्‌लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रबिधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहने छन् । यस मेला, पुष्प उद्यमी / व्यवसायी / कम्पनीहरुको लागि आफूले उत्पादन गरेको पुष्प तथा पुष्पजन्य वस्तुको राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी बजार बिस्तार गर्न, आफ्नो उत्पादन बिक्री वितरण गर्न, पुष्प व्यवसायी तथा पुष्प उपभोक्ताहरु बीच प्रत्यक्ष सम्पर्क तथा समन्वय गर्न, विश्व बजारमा विकास भएका पुष्पको नयाँ – नयाँ उत्पादनहरुलाई सार्वजनिक गर्न र ग्राहक उपभोक्ताहरुसँग आपसी सम्बन्ध स्थापना गर्न अवसर मिल्ने छ ।

पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नबिनतम प्रविधिबारे प्रचारप्रसार गर्न सघाउ पुग्ने छ । यसका साथ साथै घर – आँगन बगैचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान शिप हासिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरुलाई यस २५ औं फ्लोरा एक्स्पोले महत्वपूर्ण योगदान पुऱ्याउने छ भन्ने अपेक्षा आयोजकको छ । यस वर्ष आयोजना हुने २५ औं फ्लोरा एक्स्पो अबधि भित्र ५० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब १ करोड सम्मको व्यवसायिक कारोबार हुने अपेक्षा छ । फ्यानले मेला आयोजनाकै अवसरमा चैत ४ गते आइतबार, बिहान १०:०० बजेदेखि लाईन्स क्लब अफ काठमाडौं ग्लोबल फ्लोरिकल्चरको सहकार्यमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :