single head

आजको राशिफल (वि. सं २०८२ असोज २८ गते मङ्गलबार, कार्तिक कृष्णपक्ष अष्टमी तिथि )

single post top 1

आजको राशिफल

मेष राशि –आर्थिक आयमा वृद्धि हुनेछ। जमिनसम्बन्धी लेनदेन लाभप्रद रहनेछ। व्यापार तथा व्यवसायमा उल्लेखनीय उन्नति हुनेछ।

single p1

वृष राशि –सामान्य दिन रहनेछ। शिक्षामा गरिएको श्रम फलदायी हुनेछ। प्रेम सम्बन्धमा सफलता प्राप्त हुने संकेत छन्।

single p2

मिथुन राशि –आलोचना वा आरोपको सामना गर्नुपर्ने सम्भावना छ। तर, आफ्ना कामप्रति आत्मसन्तोष रहनेछ। हरेक निर्णयमा विवेक र धैर्य आवश्यक छ।

कर्कट राशि –अप्रत्याशित स्रोतबाट सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। स्वास्थ्यमा सुधार हुँदै पुराना रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक लगानी लाभदायक बन्ने संकेत छन्।

सिंह राशि –स्वास्थ्यमा सुधार हुनेछ। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। प्रेम जीवन सुमधुर रहनेछ। राजनीतिक क्षेत्रमा संगठनात्मक बल मजबुत बन्ने सम्भावना छ।

कन्या राशि – स्वास्थ्यमा कमजोरी र रोगको सम्भावना छ। खर्चमा वृद्धि हुनेछ। प्रतिस्पर्धी सक्रिय हुनेछन्। अन्य क्षेत्रमा सामान्य परिणाम भए पनि दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।

तुला राशि –असहज परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। तर, शैक्षिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा सकारात्मकता आउनेछ।

वृश्चिक राशि –धार्मिक क्रियाकलापप्रति आकर्षण बढ्नेछ। सहयोगीहरूको समर्थन पाइनेछ। खुसीको अनुभूति हुनेछ। इष्टमित्रसँग सम्बन्ध मजबुत बन्नेछ।

धनु राशि –खर्च बढ्ने सम्भावना छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। तर, व्यापार वा व्यवसायमा ठूलो लगानी नगर्नु उपयुक्त हुनेछ।

मकर राशि –दिन अनुकूल रहनेछ। रोकिएका कार्यहरू सम्पन्न हुनेछन्। साथीभाइको सहयोग पाइनेछ। दाम्पत्य जीवन सुखदायी बन्नेछ।

कुम्भ राशि –वाणीमा मधुरता बढ्नेछ। मातापिताको सम्झना गर्दा कार्यमा सफलता प्राप्त हुनेछ। दाजुभाइ वा परिवारजनको सहयोग मिल्नेछ।

मीन राशि –पेशागत कार्यमा लाभ प्राप्त हुनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3