single head

आजको राशिफल (२०८१ फागुन २३ गते शुक्रबार, फाल्गुन शुक्लपक्ष अष्टमी तिथि )

single post top 1

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहन सक्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मान सम्मान बढ्ने देखिन्छ । समाज सेवामा मन जानेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन्।

single p1

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको प्रथम गोचरको शुभ फल प्राप्त हुने भएकाले मानसम्मान प्राप्त हुनेछ। सामाजिक, धार्मिक, वैदेशिक र व्यापारिक क्षेत्र यथास्थितिमा रहे पनि प्रेममा भने धोका पाइनेछ।

single p2

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशि भएकाहरूका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । अग्रजबाट सल्लाह लिएर मात्र नयाँ कामको थालनी गर्नुहोला। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक क्षेत्रमा मेलमिलापको योग रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कर्कट राशिका लागि समय शुभ रहेको छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सिंहका लागि आज दिन राम्रो रहेको छ । शत्रु नाश हुनेछ। दैनिकीमा प्रगति हुनेछ। राजनीतिमा आफ्नो संगठन बलियो हुनेछ। वैदेशिक क्षेत्रमा भन्दा देशमा गरिएको कामबाट नाम, दाम, सम्मान मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कन्या राशि भएकाहरूका लागि आज समय मध्यम छ । भविष्यबारे गरिने निर्णयले सुख दिनेछ। सामाजिक, राजनीति क्षेत्र यथास्थितिमा रहेपनि शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो नतिजा मिल्नेछ। रोगबाट मुक्ति मिल्नेछ। प्रेममा सफलता प्राप्त हुने योग रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तुला राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ। आज सबै क्षेत्र सामान्य छ। वैदेशिक क्षेत्रमा भने साथीभाइको सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ छ। दिन राम्रो छ। बौद्धिक संगत हुनेछ। मनमा नयाँ सोचको विकास हुनेछ। समस्याबाट ज्ञान लिँदै अगाडि बढ्नु आवश्यक छ। स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध र परिवारबाट हौसला बढाउने देखिन्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धनु राशिका लागि आज समय सामान्य छ। आफ्नो बोली सम्हाल्नु राम्रो हुन्छ। आफन्तले असहयोग गरे पनि सहयोगका लागि नयाँ मान्छे उपस्थित हुनेछन्। आफन्तले दु स्खी बनाए भनेर निराश नहुनु राम्रो हुन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वदेशमै दुस्ख गर्दा लाभ प्राप्त हुने योग रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कुम्भ राशिका लागि आज समय केहि प्रतिकूल रहन सक्छ । आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहन सक्छ। विभिन्न संघ संस्था र बन्धुबाट सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले सन्तोष मिल्नेछ। परिवारबाट प्राप्त खुशीले दिन रमाइलो बन्नेछ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3