single head

मध्यबिन्दुको मुहार फेर्ने विकास यात्राः कुशल नेतृत्वमा उज्यालोतिर लम्कँदै नगरपालिका

single post top 1

स्थानीय सरकार र जनप्रतिनिधिप्रति प्रायः गुनासाहरू सुनिने वर्तमान समयमा एउटा फरक र अनुकरणीय दृष्टान्त पेस गर्दै गण्डकी प्रदेशको उदीयमान स्थानीय तह—मध्यबिन्दु नगरपालिकाले विकास र समृद्धिको गतिलो पाइला अगाडि बढाएको छ।​अत्यन्त मिजासिला, सरल स्वभावका धनी र सर्वसाधारणदेखि बौद्धिक वर्गसम्म सहजै घुलमिल हुन सक्ने यहाँका नगर प्रमुख भीमलाल अधिकारीको कुशल नेतृत्वले अहिले सिंगो नगरको मुहार फेरिरहेको छ। जनताका बीचमा सधैँ सरल रूपमा प्रस्तुत हुने अधिकारीको यो शैली र नगर विकासप्रतिको अदम्य उत्साहले यतिबेला मध्यबिन्दुवासीलाई गर्वको महसुस गराएको छ।
​शिक्षा क्षेत्रमा क्रान्तिः खुसी पाठ्यक्रम को देशव्यापी चर्चा
​नगर प्रमुख अधिकारीको कार्यकालमा शिक्षा क्षेत्रमा भएका सुधारात्मक कदमहरूले राष्ट्रिय स्तरमै ध्यान खिच्न सफल भएका छन्। यसैको ज्वलन्त उदाहरण हो—देशभर चर्चामा आएको ‘खुसी पाठ्यक्रम’। ​विद्यार्थीहरूले कुनै दबाबबिना, हँसिलो मुद्रा र खुसीसाथ विद्यालयमा शिक्षा आर्जन गर्ने वातावरण सिर्जना गर्नु यो पाठ्यक्रमको मुख्य उद्देश्य हो। यसले विद्यार्थीलाई मात्र होइन, शिक्षकहरूलाई समेत उत्प्रेरित गर्दै खुसीसाथ पठनपाठन गराउने आधार तयार पारेको छ। नतिजास्वरूप, नगरका विद्यालयहरूले शैक्षिक उपलब्धिमा उच्च स्तर हासिल गरेका छन् भने मध्यबिन्दु नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालयहरू सञ्चालन गरी पुरस्कृतसमेत हुन सफल भएको छ।
​पूर्वाधार र स्वास्थ्य सेवामा फड्को
​शिक्षा मात्र होइन, नगरको समग्र भौतिक पूर्वाधार र स्वास्थ्य सेवाको क्षेत्रमा पनि उल्लेख्य प्रगति भएको छ। स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा सहजरूपमा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको अत्याधुनिक तथा सुसज्जित नगर अस्पतालले यतिबेला यहाँका बासिन्दाको स्वास्थ्य उपचारमा ठूलो राहत पुर्‍याएको छ। सामान्य उपचारका लागि पनि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
​नगरको छुट्टै पहिचान स्थापित गर्ने र नागरिकलाई मनोरञ्जनको सहज वातावरण प्रदान गर्ने लक्ष्यसहित निर्माणधीन ‘खुसी पार्क’ ले मध्यबिन्दुको सौन्दर्यलाई अझ निखारेको छ। ​यी विभिन्न विकासका पूर्वाधार र योजनाहरूले गर्दा यतिबेला मध्यबिन्दु नगरपालिका निकै रमणीय, आकर्षक र व्यवस्थित देखिन थालेको छ।
​जनअपेक्षा र नेतृत्वको सम्मानः
​हामीले सोचेभन्दा राम्रो र विकासप्रेमी जनप्रतिनिधि पाएका छौं,ू नगरवासीहरू खुसी व्यक्त गर्दै भन्छन्, नगरप्रमुख अधिकारीको नेतृत्वमा भएको कामले हामीलाई उत्साहित बनाएको छ। ​पदको अहंकारभन्दा टाढा रहेर सधैँ नगरवासीको सुख, दुःख र सहजताको निम्ति उच्च आकाङ्क्षा राखेर अघि बढ्नुहुने भीमलाल अधिकारीको योगदान साँच्चै नै सम्मानयोग्य छ। एक कुशल, असल र विकासप्रेमी जनप्रतिनिधिको रूपमा उहाँले स्थापित गर्नुभएको कार्यशैली आगामी दिनमा अन्य स्थानीय तहका लागि समेत गतिलो पाठ बन्न सक्ने देखिन्छ।
अध्ययनशील स्वभावः
मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख निमलाल अधिकारीको अध्ययनशीलता र ज्ञानप्रतिको लगाव स्थानीय राजनीतिमा चर्चाको विषय बनेको छ। जनप्रतिनिधिको व्यस्त दिनचर्याका बाबजुद पनि उहाँले बिहान र बेलुकाको समय पुस्तक अध्ययनका लागि छुट्याउने गर्नुभएको छ।
​राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित विभिन्न विधाका पुस्तकहरू अध्ययन गर्दै आउनुभएका नगरप्रमुख अधिकारीले विकासका आधुनिक मोडेल, सामाजिक सिद्धान्त र नवीन विचारहरूमा विशेष रुचि राख्नुहुन्छ। अध्ययनले ज्ञानको दायरा फराकिलो बनाउनुका साथै स्थानीय सुशासन र विकास निर्माणका योजना बनाउन मद्दत पुर्‍याएको उहाँको भनाइ छ। ​जनताका उच्च चाहना र आकांक्षाहरू पूरा गर्ने क्रममा पुस्तकहरूबाट प्राप्त ज्ञान र विचारले आफूलाई थप उत्साहित बनाउने र निरन्तर जनसेवामा लागिरहन प्रेरणा दिने नगरप्रमुख अधिकारीले बताउनुभएको छ। सैद्धान्तिक स्पष्टता र व्यावहारिक ज्ञानको सन्तुलनमार्फत नगरपालिकाको समग्र विकासमा जुट्ने उहाँको प्रतिबद्धता छ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3