single head

कुँवर समाज नेपाल गैँडाकोट–१ इकाइको प्रथम साधारण सभा सम्पन्न, समाजमा योगदान पु¥याउने अभिभावक सम्मानित

single post top 1

गैँडाकोट । कुँवर समाज नेपाल, क्षेत्र नम्बर १ अन्तर्गत गैँडाकोट नगरपालिका–१ नं. इकाइ समितिको ऐतिहासिक प्रथम साधारण सभा सम्पन्न भएको छ। बिहीबार उज्ज्वल टोल विकास संस्थाअन्तर्गत इकाइ समितिका उपाध्यक्ष पदमबहादुर कुँवरको निवासमा आयोजित साधारण सभामा समाजलाई उत्कृष्ट योगदान पु¥याउने अभिभावक तथा सदस्यहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले समाजको एकता, आपसी सहयोग, जातीय पहिचानको संरक्षण, आर्थिक सुदृढीकरण तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिताको आवश्यकतामाथि जोड दिएका थिए। उनीहरूले समाजलाई बलियो बनाउन सबै सदस्य एकजुट भएर अघि बढ्नुपर्ने र सुखदुःखमा एकअर्काको साथ दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

single p1

कुँवर समाज नेपाल चितवनका अध्यक्ष भद्रबहादुर कुँवर (गोपाल)ले समाजलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभयो। समाजको विकास र संस्थागत सुदृढीकरणका लागि आफूले घरपरिवारका कामसमेत पन्छाएर निरन्तर खटिरहेको उल्लेख गर्दै उहाँले सबैको साझा प्रयासबाट मात्रै समाजलाई थप उचाइमा पु¥याउन सकिने धारणा व्यक्त गर्नुभयो।

single p2

कुँवर समाज नेपाल चितवनका संस्थापक सदस्य, वरिष्ठ उपाध्यक्ष तथा गैँडाकोट इकाइका वरिष्ठ सल्लाहकार दुर्गाजित कुँवरले समाजको आर्थिक पक्षलाई मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले समाजको आर्थिक सुदृढीकरणका लागि कोष स्थापना गरिएको स्मरण गराउँदै उक्त कोषमा जम्मा भएको रकम एक लाख रुपैयाँभन्दा बढी पुगेको जानकारी दिनुभयो। कोषलाई थप विस्तार गर्दै समाजका गतिविधि सञ्चालन गर्न सक्षम बनाउने जिम्मेवारी सबै सदस्यको भएको उहाँले बताउनुभयो।

कुँवर समाज नेपाल चितवनका संस्थापक अध्यक्ष रेशमलाल कुँवरले समाजका सदस्यहरूबीच आपसी साथ र सहयोगको वातावरण निर्माण गर्न समाज सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले समाजको उद्देश्य पूरा गर्न सबै सदस्यको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै एकअर्कालाई सहयोग गर्ने संस्कारको विकास गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा भरतपुर महानगरपालिकाका राजस्व शाखा प्रमुख जीवलाल कुँवरले गैँडाकोट इकाइलाई एकरूपताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले समाजका सदस्यहरूबीच आपसी सहयोग र सहकार्यको भावना विकास गर्दै सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट एकअर्कासँग जोडिनुपर्ने बताउनुभयो।

त्यसैगरी, क्षेत्र नम्बर १ गैँडाकोट नगरपालिका–१ इकाइ समितिका सदस्य दीपक कुँवर, महिला सदस्य अनिता कुँवर तथा क्षेत्र नम्बर ३ इकाइ समितिका अध्यक्ष कृष्णबहादुर कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्दै समाजको उन्नति, एकता र सक्रियताका लागि सबै सदस्यले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताएका थिए।

कुँवर समाज नेपाल,  क्षेत्र नम्बर १ गैँडाकोट नगरपालिका–१ इकाइ समितिका अध्यक्ष कुलबहादुर कुँवरले समाजका सदस्यबीच नियमित सम्पर्क, सूचना आदानप्रदान र सहकार्यले संगठनलाई थप बलियो बनाउने बताउनुभयो ।

कार्यक्रममा समाजलाई आवश्यक समय दिनुपर्ने, आफ्नो पहिचानको संरक्षण गर्नुपर्ने र एकताको भावना व्यवहारमा उतार्नुपर्ने विषयमा समेत चर्चा गरिएको थियो। समाजका सदस्य तथा कार्यसमिति सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको सभामा योगदान पु¥याउने सदस्य तथा अभिभावकहरूलाई सम्मानसमेत गरिएको थियो।

साधारण सभामा कुँवर समाज नेपाल, क्षेत्र नम्बर १ गैँडाकोट नगरपालिका–१ इकाइ समितिका अध्यक्ष कुलबहादुर कुँवरले सभाको अध्यक्षता गर्नुभएको थियो। कार्यक्रममा समाजकी सचिव निर्माया कुँवरले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष करिश्मा कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

समाजका उपाध्यक्ष पदमबहादुर कुँवरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समाजका सचिव निर्णय कुँवरले गर्नुभएको थियो।
प्रथम साधारण सभाले समाजलाई थप संगठित, आर्थिक रूपमा सबल र सामाजिक गतिविधिमा सक्रिय बनाउँदै आपसी एकता तथा सहयोगको भावनालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3