single head

कार्बन लाभ बाँडफाँड तथा लगानी योजनाबारे जय श्री सामुदायिक वनमा अभिमुखीकरण

single post top 1

गैँडाकोट। जय श्री सामुदायिक वन उपभोक्ता समूहले कार्बन लाभ बाँडफाँड तथा लगानी योजना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक वनको सभाहलमा वन संरक्षणबाट प्राप्त हुने कार्बन लाभको उचित सदुपयोग, पारदर्शी बाँडफाँड तथा दिगो लगानीमार्फत समुदायको समृद्धि र वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्यले बुधबार कार्यक्रम आयोजना गरिएको हो।

single p1

सवडिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सन्तोष मिश्रले कार्बन लाभ बाँडफाँड तथा लगानी योजनासम्बन्धी व्यवस्था, त्यसका नियम, लाभ प्राप्त गर्ने प्रक्रिया र यसको प्रभावकारी उपयोगका विषयमा जानकारी गराउनुभएको थियो। उहाँले वन संरक्षण तथा कार्बन सञ्चितिमा समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्बन लाभलाई समुदायको हित, वातावरण संरक्षण र दिगो विकाससँग जोडेर उपयोग गर्नुपर्ने विषयमा प्रकाश पार्नुभएको थियो।

single p2

कार्यक्रममा जय श्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर कुमालले वन संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै कार्बन लाभ बाँडफाँड तथा लगानी योजनाबाट समुदायले प्राप्त गर्न सक्ने अवसर र त्यसको सदुपयोगबारे धारणा राख्नुभएको थियो।

कार्यक्रममा सामुदायिक वनको कार्यक्षेत्रभित्र रहेका ३० वटा टोल विकास संस्थाबाट प्रति टोल चार जनाका दरले समावेशी, प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्बन लाभको बाँडफाँड तथा लगानी प्रक्रियाबारे स्थानीय स्तरमा जानकारी अभिवृद्धि गर्ने, वन संरक्षणमा समुदायको अपनत्व बढाउने र प्राप्त लाभलाई समुदायको आवश्यकता तथा दिगो विकाससँग जोड्ने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो।
समूहकी उपाध्यक्ष ढाका सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समूहका सचिव टेकबहादुर आलेले गर्नुभएको थियो। कार्यक्रममा वनको संरक्षण, कार्बनको सदुपयोग र दिगो लगानी मार्फत समृद्ध समुदाय र हरित भविष्य निर्माणमा जुटौँ भन्ने मूल नारा रहेको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3