गैंडाकोट । नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। संस्थाको चौथो नेतृत्व चयन कार्यक्रमअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका प्रत्यासीमध्ये आपसी सहमतिमा उपभोक्ता समिति र लेखा समिति चयन गरिएको हो।
सर्वसम्मत चयन भएको उपभोक्ता समितिको अध्यक्षमा प्रकाश भुसाल, उपाध्यक्षमा दुर्गाप्रसाद सापकोटा, सचिवमा गोविन्दप्रसाद सापकोटा, कोषाध्यक्षमा लक्ष्मी कँडेल र सहसचिवमा विमल शर्मा चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा दिनानाथ त्रिपाठी, अग्निधर आचार्य, नन्दलाल कँडेल, पदमबहादुर वि.क., निर्मला परियार, अनिशा श्रेष्ठ, लिला चुदार र शान्ता पौडेल सर्वसम्मत चयन भएका छन्।
यसैगरी लेखा समितिको संयोजकमा कमला सापकोटा तथा सदस्यमा नरेन्द्र वन सन्यासी र गीता देवी सापकोटा चयन भएको निर्वाचन समिति संयोजक खगराज सापकोटाले बताउनु भयो ।
संस्थाले नयाँ नेतृत्व चयन भएसँगै खानेपानी सेवा, सरसफाइ तथा संस्थागत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको जनाएको छ। सर्वसम्मत नेतृत्व चयनले संस्थाभित्र सहकार्य र एकताको सन्देश दिएको उपभोक्ताहरूले बताएका छन्।









