गैंडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट–६,८ र ९ को २८ औँ वार्षिक साधारण सभा शनिबार संस्थाको परिसरमा सम्पन्न भएको छ। उपभोक्ता सदस्यहरूको उल्लेख्य सहभागितामा साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख विष्णुप्रसाद अधिकारीले सामुदायिक वनको संरक्षण, विकास र दिगो व्यवस्थापनमा उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
नन्दन सामुदायिक वन उपभोक्ता समूहका संस्थापक अध्यक्ष इन्द्रराज ज्योति पौडेलले सामुदायिक वनको स्थापना र विकासमा उपभोक्ताको महत्वपूर्ण योगदान रहेको बताउँदै आगामी दिनमा पनि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो।
सब डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सन्तोष मिश्रले वन संरक्षणसँगै उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर सामुदायिक वनका गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो।
सामुदायिक वन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटाले सामुदायिक वनले वन संरक्षणसँगै स्थानीय समुदायको सामाजिक तथा आर्थिक विकासमा समेत योगदान पु¥याउँदै आएको बताउनुभयो।
जय श्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर कुमालले सामुदायिक वनबीच सहकार्य र अनुभव आदान प्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
आदिकवि भानुभक्त टोल विकास संस्थाका अध्यक्ष पधमा सुवेदीले सामुदायिक वन र टोल विकास संस्थाबीचको सहकार्यले स्थानीयस्तरको विकासमा सकारात्मक योगदान पुग्ने बताउनुभयो।
उपभोक्ताको तर्फबाट पशुपति सापकोटा , फूलमाया पराजुली ,देव रानाले वन संरक्षणसँगै उपभोक्ताको हित र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
समूहकी अध्यक्ष हरिमाया अधिकारीले सामुदायिक वनको संरक्षण, विकास र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर समूहले आफ्ना गतिविधि अघि बढाइरहेको बताउनुभयो।

साधारण सभामा समूहकी सचिव कमला शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष डिला शर्मा सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिका संयोजक माधवप्रसाद न्यौपानेले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक झलक राज शर्माले अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा समूहका उपाध्यक्ष नरजंग रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समूहकी सचिव कमला शर्माले गर्नुभएको थियो।
कार्यक्रममा समूहले सञ्चालन गरेको कपाल काट्ने तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो।










