single head

दाउन्नेमा ब्रेक फेल भएर बस दुर्घटना : ६ जनाको मृत्यु, १० जना घाइते

single post top 1

असोज १७,दाउन्ने ,शनिबार ।

single p1

पूर्वी नवलपरासीको दाउन्नेमा ब्रेक फेल भएर यात्रुवाहक बस सडकबाट नालामा पल्टिँदा एक महिलासहित ६ जनाको  मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

single p2

शनिबार बिहान नेपालगन्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको रात्रिबस ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले बसमा च्यापिएका यात्रुसहित घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएको थियो ।

घाइतेहरू बाँके, गोरखा, अछाम, बर्दिया, बाजुरा, ललितपुर र सल्यानका रहेको प्रहरीले जनाएको छ। अधिकांश घाइतेको अवस्था सामान्य तथा मध्यम रहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3