single head

नवदुर्गा टोल विकास संस्थाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न/रेश्मी मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

single post top 1

 गैंडाकोट। नवदुर्गा टोल विकास संस्था, गैंडाकोट नगरपालिका–१ को दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। साधारण सभाले संस्थाको वार्षिक प्रगति, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गर्दै नयाँ कार्यसमितिसमेत चयन गरेको छ।

single p1

अधिवेशनबाट टेकबहादुर रेश्मी मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा प्रेमबहादुर अधिकारी, सचिवमा वीरबहादुर विक, सह–सचिवमा लक्ष्मी कुमाल र कोषाध्यक्षमा जीवनी कुमारी कुमाल चयन हुनुभएको छ। सदस्यहरूमा देव राना, गोमा विक, कमला लम्साल, हरिमाया मल्ल, माया देवी शर्मा, नितु श्रेष्ठ र भेषबहादुर खण्डलुक चयन हुनुभएको छ। त्यस्तै, सल्लाहकार संयोजकमा बसन्त शर्मा चयन हुनुभएको छ।

single p2

कार्यक्रममा गैंडाकोट नगरपालिका–१ का वडाध्यक्ष सुरेन्द्र रेग्मीले प्रदेश, संघ र पालिका स्तरबाट वडा नं. १ अन्तर्गतका धारापानी र नवदुर्गा टोलका विभिन्न स्थानमा सडक, नाली तथा भल निकास व्यवस्थापनका लागि करिब ५ करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी गराउनुभएको थियो। उहाँले उपलब्ध बजेटलाई प्रभावकारी रूपमा परिचालन गर्दै टोलको विकासलाई प्राथमिकता दिइने बताउनुभयो।

साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव ऋषिराज दर्नालले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, संस्थाको आय–व्यय विवरण कोषाध्यक्ष पार्वती ढकालले प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिको प्रतिवेदन संयोजक पूर्णिमा गुरुङले प्रस्तुत गर्नुभएको थियो।

संस्थाले स्थापना भएदेखि टोलको विकास, सरसफाइ, सामाजिक सेवा, पूर्वाधार सुधार, जनचेतना अभिवृद्धि तथा टोलवासीबीच सामाजिक एकता कायम गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

नवनिर्वाचित अध्यक्ष टेकबहादुर रेश्मी मगरले टोलको समग्र विकासका लागि टोलवासी, स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा टोलको भौतिक पूर्वाधार विकास, सरसफाइ, सामाजिक सेवा, वातावरण संरक्षण तथा टोलवासीको हितमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो।

कार्यक्रममा दुर्गा देवी पौडेलले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा निवर्तमान वडाध्यक्ष हरी सापकोटालगायत समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव ऋषिराज दर्नालले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3