single head

गैंडाकोट–७ मा कांग्रेस वडा समिति र क्षेत्रीय प्रतिनिधि निर्विरोध चयन

single post top 1

असोज ३, गैंडाकोट। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैंडाकोट नगरपालिका वडा नम्बर ७ मा वडा समिति तथा क्षेत्रीय प्रतिनिधिहरू निर्विरोध चयन भएका छन्।
असोज ३ गते बसेको निर्वाचन सम्बन्धी बैठकले वडा निर्वाचनका लागि खटिनुभएका निर्वाचन अधिकृत अनिल कँडेलको अध्यक्षतामा उम्मेदवारहरूलाई निर्विरोध घोषणा गरेको हो।
निर्विरोध निर्वाचित वडा समितिको सभापतिमा टिकाराम सापकोटा चयन हुनुभएको छ। त्यस्तै उपसभापतिमा शालिकराम सापकोटा र महिला उपसभापतिमा कमला सापकोटा कँडेल निर्विरोध चयन हुनुभएको छ। सचिवमा खगराज सापकोटा तथा सह–सचिवमा दिलबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ।
वडा समिति सदस्यमा सीता गौडेल(महिला, प्रकाश गिरी (युवा), रामप्रसाद चापागाईं(खुला), मिना दरै(महिला), प्रेमबहादुर घर्ती(खुला), केशवप्रसाद सापकोटा(खुला/युवा), कृष्णबहादुर दरै(खुला) र लक्ष्मीमाया सार्की(दलित) निर्विरोध चयन हुनुभएको छ।

single p1

यसैगरी, वडा नम्बर ७ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा विभिन्न क्लस्टरअन्तर्गत २३ जना निर्विरोध चयन भएका छन्।
खुलातर्फ होमनाथ सापकोटा, चुडामणि शर्मा कँडेल, तारापती त्रिपाठी, दिनानाथ त्रिपाठी र आत्माराम पौडेल चयन हुनुभएको छ।
खस आर्य समानुपातिकतर्फ मिनप्रसाद सापकोटा, धनपती सापकोटा, दिपनारायण सापकोटा, यमबहादुर डिस्वा, ईश्वरीप्रसाद चापागाईं र चोलानाथ उपाध्याय चयन हुनुभएको छ।
दलिततर्फ हर्कबहादुर सार्की, युवातर्फ स्नेहा त्रिपाठी, बिनोद सापकोटा र विकल सापकोटा तथा पेसागततर्फ नारायण पौडेल क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ।
त्यस्तै प्रजातान्त्रिक सेनानीतर्फ लक्ष्मण ओझा, महिलातर्फ जमुनादेवी कँडेल, ईश्वरी जिसी र चन्द्रकला पौडेल, अपाङ्गतर्फ चिन्तामणि सापकोटा, द्वन्द्वपीडिततर्फ प्रेमप्रसाद सुवेदी र श्रमिकतर्फ रामप्रसाद कँडेल निर्विरोध चयन हुनुभएको जनाइएको छ।
वडा भेलाबाट सर्वसम्मत रूपमा उम्मेदवार चयन भएपछि निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले सबै पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3