गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवा वर्गलाई लक्षित गर्दै नयाँ बचत सेवा ‘विकू युवा समृद्धि बचत’ शुभारम्भ गरेको छ।
‘सुरक्षित बचत, उज्ज्वल भविष्य’ अभियानअन्तर्गत सुरु गरिएको उक्त बचत खाताको बुधबार संस्थाका २४ वटै सेवा केन्द्रबाट एकैसाथ शुभारम्भ गरिएको हो।
‘युवाको सपना, विकूको साथ’ भन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको ‘विकू युवा समृद्धि बचत’ विशेषगरी १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरिएको संस्थाले जनाएको छ। युवाहरूमा नियमित बचत गर्ने बानीको विकास गर्दै उनीहरूलाई उद्यमशीलतातर्फ प्रोत्साहित गर्ने उद्देश्यले नयाँ सेवा सुरु गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो।
शुभारम्भकै दिन उक्त बचत खातामा ४७५ जना नयाँ युवा सदस्यले खाता सञ्चालन गरेका छन्। संस्थाले युवाको आर्थिक भविष्यलाई सुरक्षित बनाउँदै बचतमार्फत आर्थिक अनुशासन र उद्यमशीलता विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रममा संस्थाका सञ्चालक समिति, व्यवस्थापन उपसमिति, शेयर सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।








