single head

आईविवी नेपालद्वारा भोटेकोशी बाढीपीडितलाई ५० लाख रुपैयाँ सहयोग

single post top 1

काठमाडौँ । अष्ट्रेलियन ब्रान्ड ‘आईविवी’का डायपर तथा बेबी केयर उत्पादनको नेपालका लागि आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।

single p1

विपद् प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले सञ्चालित विशेष अभियानअन्तर्गत आईविवी नेपालका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

single p2
पछिल्ला तीन दिनमा उपभोक्ताहरूले आईविवीका सामान खरिद गर्दा खर्च गरेको १०० प्रतिशत रकम जोडेर यो सहयोग जुटाइएको कम्पनीले जनाएको छ। राहत सङ्कलनमा देशभरका उपभोक्ता, रिटेलर र डिलरहरूको मुख्य योगदान रहेको कम्पनीले स्पष्ट पारेको छ।

चितवन र आसपासमा बढ्दो लोकप्रिय

यसैबीच, अष्ट्रेलियन ब्रान्ड आईविवीका बेबी केयर उत्पादनहरू चितवन र आसपासका क्षेत्रमा अभिभावकको पहिलो रोजाइ बन्न सफल भएका छन्। गुणस्तरीय र बालमैत्री भएकाले छोटो समयमै यी उत्पादनको माग तीव्र रूपमा बढेको चितवनका लागि आधिकारिक बिक्रेता ‘ब्रदर्श सर्जिकल’का सञ्चालक बसन्त पौडेलले जानकारी दिए।

“आईविवीका उत्पादनहरूको उत्कृष्ट गुणस्तरका कारण यहाँका उपभोक्ताहरूले निकै रुचाउनुभएको छ,” पौडेलले भने, “गुणस्तरीय सामानसँगै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितलाई ठूलो सहयोग गरेकाले स्थानीय उपभोक्ता, रिटेलर र डिलरहरूमा थप विश्वास बढेको छ।”

आईविवी नेपालले विपद्को समयमा राहत कोषमा योगदान पुर्‍याउने सम्पूर्ण ग्राहक, रिटेलर तथा वितरण सञ्जालप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा र सामाजिक दायित्वप्रति प्रतिबद्ध रहने प्रतिबद्धता जनाएको छ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3