single head

जनक नमुना मा वि मा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न, उच्च शैक्षिक उपलब्धिका लागि सम्पूर्ण पक्ष जिम्मेबार बन्नुपर्छः अध्यक्ष घिमिरे

single post top 1

गैंडाकोट । भाद्र २३ गते । नवलपुरको गैंडाकोटस्थित जनक नमुना माध्यमिक विद्यालयमा शैक्षिक स्तर अभिवृद्धिका निम्ति एक दिवसीय विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको वर्तमान शैक्षिक अवस्थाको समीक्षा गर्दै आगामी दिनका लागि रणनीति र विशेष योजना निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। ​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षता तथा गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष एवम् व्यवस्थापन समितिका सदस्य रत्न सापकोटाको विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। ​उक्त कार्यक्रममा वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष साथै वर्तमान सदस्य रत्न प्रसाद सापकोटाले आफूलाई पनि शिक्षण पेशाको राम्रो अनुभव भएको र यो पेशा सबै भन्दा उत्तम भएकोले शिक्षकहरु नै विद्यालयको मेरुदण्ड भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक वुद्धिसाग पण्डितको नेतृत्वमा रहेको टिमले विद्यालयको शैक्षिक उपलब्धी गर्ने कुरामा आफू विश्वस्त रहेको वडा अध्यक्ष समेत रहनुभएका सापकोटाले प्रतिक्रिया दिनुभयो । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द घिमिरेले आगामी दिनमा अझ उच्च शैक्षिक उपलब्धि हासिल गर्नका लागि सवै पक्ष जिम्मेबार बन्नुपर्ने भन्दै सम्पूर्ण शिक्षकहरूलाई आ–आफ्नो ठाउँबाट प्रभावकारी योगदान पुर्‍याउन आग्रह गर्नुभयो। त्यसै गरी उपलब्ध भएका स्रोत र साधनको उच्चतम प्रयोग गर्दै विद्यार्थीहरुलाई पठनपाठन गर्न समेत आग्रह गर्नुभयो । आगामी दिनमा विद्यालयको शैक्षिक एवम् भौतिक विकासको लागि विशेष योजना तर्जुमा गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएकाले सहभागिहरुलाई सुझाव र नयाँ नयाँ कार्यक्रमहरुको बारेमा सुचि पेश गर्न अध्यक्ष घिमिरेले अनुरोध समेत गर्नु भएको थियो । ​त्यस्तै, विद्यालयका प्रधानाध्यापक बुद्धिसागर पण्डितले शिक्षा क्षेत्रमा कार्यरत शिक्षकहरूले बिना स्वार्थ काम गर्नुपर्नेमा जोड दिनुभयो। आफूले लिएको विषय र जिम्मेवारीप्रति शिक्षक पूर्ण प्रतिबद्ध भएमा उत्कृष्ट नतिजा हासिल गर्न गाह्रो नहुने क्ुरामा जोड जोड दिदै आगामी दिनमा उच्च शैक्षिक उपलब्धी हासील गर्न शिक्षकहरुले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा ​शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद शर्माले शैक्षिक अभिवृद्धिमा विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका समान हुने बताउनुभयो। विद्यार्थीको पठनपाठन शैली अभिभावकमा समेत निर्भर रहने भएकाले अभिभावकलाई जिम्मेवार बनाउन ‘अभिभावक शिक्षा’ मा जोड दिनुपर्ने उहाँको भनाइ रहेको थियो । अन्तरक्रिया कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक हिमालदेव पंगेनीले सहभागि शिक्षकहरुलाई धन्यवाद दिदै भएका कार्यक्रमहरुलाई प्रभावकारी बनाउदै केही नयाँ कार्यक्रमहरु कार्यान्वयन गर्न भन्दै सुचि पेश गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति को आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रम शैक्षिक सुधारका लागि कोसेढुंगा सावित हुने समेत सहायक प्रधानाध्यापक पंगेनीले बताउनुभयो । साथै ​कार्यक्रममा सहायक प्रधानाध्यापक राजन बाबु अधिकारी ले विद्यालयमा हुने कुनै पनि कार्यक्रमहरुको कार्यान्वयनमा शिक्षकहरुनै बढी जिम्मेबार हुने भन्दै सामुहिक प्रयासले मात्रै नतिजा आउने बताउनुभयो । त्यस्तै उक्त अन्तरक्रिया कार्यक्रममा एकेडेमिक डाईरेक्टर गिता थापाले विषयगत दक्षता भएका शिक्षकहरुको व्यवस्थापनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरुको सिर्जनशील र मौलिकातालाई ध्यान दिनु आग्रह गर्नुभयो । त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधी दीपक ढुङ्गानाले विद्यालयको शैक्षिक अभिवृद्धि र शिक्षकहरुको पेशागत विकासको लागि आगामी दिनमा कार्यक्रम गर्दै जानका लागि विद्यालय व्यवस्थापन समितिमा आफ्नो भूमिका रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । त्यसैगरी क्युएपी कार्यक्रमका संयोजक मनोज विक्रम विष्टले अन्य विद्यालयमा भएका नयाँ नयाँ कार्यक्रमहरुको प्रभावकारीता हेरेर हामीले पनि कार्यान्वयनमा सकिने भन्दै क्युएपी कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । नमुना ब्लकको सभा हलमा आयोजित कार्यक्रममा कक्षा ११÷१२ तर्फका संयोजक प्रेम प्रसाद आचार्यले विद्यालयमा भएका कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो । संयोजक आचार्यले आगामी शैक्षिक सत्रमा विद्यालयलाइ यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै अर्का संयोजक नारायण प्रसाद तिवारीले विज्ञान संकाय तर्फको गतिविधिको बारेमा जानकारी दिनुभएको थियो । विद्यालयमा विद्यार्थीहरुको शैक्षिक उपलब्धी उच्च बनाउने अभिप्रायले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा परीक्षा समितिका संयोजक विष्णु प्रसाद रिजाल, सूचना अधिकारी देवेन्द्रराज तिवारी, झपर्दी ब्लकका इन्चार्ज वविता ढकाल, आदर्श ब्लकका इन्चार्ज शिव शर्मा , सरस्वती ब्लकका इन्चार्ज सरस्वती कंडेल, अतिरिक्त क्रियाकलाप संयोजक मनोज पण्डित एवम् फोकल पर्सन पार्वती गौडेल लगायतले विभिन्न विषयगत समितिका संयोजकहरू र विभिन्न जिम्मेवारीमा रहेका शिक्षकहरूले विद्यालयको शैक्षिक अभिवृद्धिको लागि आफ्नो धारणा एवं सुझाव दिनुभएको थियो । ​करिब दुई दर्जनभन्दा बढी शिक्षकहरूको सहभागिता रहेको सो कार्यक्रमको सहजीकरण विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि दिपक ढुंगानाले गर्नुभएको थियो।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3