single head

गण्डकी साकोसले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा २ लाख ३३ हजार ९ सय ४४ रुपैयाँ सहयोग

single post top 1

गैँडाकोट । भोटेकोशी नदीमा आएको महाप्रलयकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड (गण्डकी साकोस) ले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा २ लाख ३३ हजार ९ सय ४४ रुपैयाँ सहयोग गरेको छ।

single p1

वि.सं. २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट तथा धादिङलगायत जिल्लाका नागरिक प्रभावित भएका छन् । बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले गण्डकी साकोसले संस्थागत रूपमा उक्त रकम सहयोग गरेको गण्डकी साकोसका अध्यक्ष गोविन्द्र सुवेदी जानकार दिनुभयो ।
सुवेदीका अनुसार सहयोग रकममा सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, कर्मचारी तथा शेयर सदस्यहरूबाट स्वेच्छिक रूपमा संकलित रकमसँगै संस्थागत कोषको योगदान समेत समावेश गरिएको छ। विपद्को कठिन घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको संस्थाले जनाएको छ।
गण्डकी साकोसले यस अभियानमा सहभागी सम्पूर्ण सञ्चालक, लेखा समिति, सल्लाहकार, कर्मचारी तथा सदस्यहरूप्रति आभार व्यक्त गरेको छ। साथै, विनाशकारी बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

single p2

विपद्को समयमा सहकारी संस्थाले देखाएको यो सहयोगले सामाजिक उत्तरदायित्वसँगै प्रभावित समुदायप्रतिको मानवीय भावना पनि प्रस्तुत गरेको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3