भाद्र ५,शुक्रबार ,काठमाडौ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको संभावना देखिएको छ । सभापति गगन थापाले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्ष त्यसलाई रोक्न सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ।
देउवा पक्षले पार्टीको महाधिवेशनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा नयाँ प्रक्रिया अघि बढाउन नमिल्ने दाबी गर्दै अन्तरिम आदेशमार्फत महाधिवेशन प्रक्रिया रोक्न माग गर्ने तयारी गरेको बताइएको छकांग्रेस इतर पक्षका नेता मीन विश्वकर्माका अनुसार एक–दुई दिनभित्र सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भइरहेको छ।
यता, सभापति गगन थापा भने निर्धारित समयमै १५औँ महाधिवेशन सम्पन्न गर्ने अडानमा छन्। कांग्रेसले वडा अधिवेशनसमेत २२ दिन पछाडि सारेर भदौ २४ गते गर्ने निर्णय गरिसकेको छ।
यससँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशन पार्टीभित्रको शक्ति संघर्षसँगै अदालतको निर्णयमा समेत निर्भर हुने अवस्थामा पुग्ने देखिन्छ ।
देउवाको रोकिने छाँट देखिएन, गगन थापाले अघि बढाएको कांग्रेस महाधिवेशन रोक्न अदालत जाँदै देउवा पक्ष








