single head

गैंडाकोटमा बेपत्ता साढे २ वर्षका बालक सकुशल भेटिए

single post top 1

भाद्र ४, गैंडाकोट ।  गैंडाकोट नगरपालिका–१४, माथिल्लो भागरबाट बेपत्ता भएका साढे २ वर्षका बालक  सकुशल फेला परेका छन्।
मंगलबार बिहान हजुरआमा  च्याउ खोज्न शंखदेवी सामुदायिक वनतर्फ गएपछि बालक पनि उहाँलाई पछ्याउँदै जंगलतर्फ गएको र त्यसक्रममा बाटो बिराएर बेपत्ता भएको आशंका गरिएको थियो।
बालक बेपत्ता भएपछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जंगल क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएको थियो। सम्भावित क्षेत्रमा निरन्तर खोजी तथा निगरानी गर्दै सुरक्षाकर्मी र स्थानीयवासी परिचालन गरिएको थियो।
लगातारको खोजीपछि बिहीबार बिहान बालक घरदेखि करिब १.५ किलोमिटर उत्तरतर्फको जंगलमा फेला परेका हुन्। खोजीमा संलग्न टोलीले बालकलाई सकुशल अवस्थामा फेला पारेको जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ। लामो समय जंगलमा हराएका बालक सकुशल भेटिएपछि परिवार, आफन्त तथा स्थानीयवासीमा खुसी छाएको छ।
बालकलाई सकुशल फेला पार्न स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयास महत्वपूर्ण रहेको बताइएको छ। लगातारको खोजीपछि बालक सुरक्षित रूपमा भेटिएसँगै परिवार तथा स्थानीयमा रहेको चिन्ता समेत हटेको छ।

single p1

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3