single head

मुखैमा आएको मुख्यमन्त्री पद छाड्न थपलियालाई पारियो बाध्य

single post top 1

हेटौडा, भाद्र २ गते । बाग्मति प्रदेश सभाका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले अन्तिममा आएर मुख्यमन्त्री छाड्न बाध्य भएका छन् । काँग्रेस र एमालेको समिकरणको बेला वेटिङ् मुख्य मन्त्रीका रुपमा रहेका दलको नेता थपलियालाई मुख्यमन्त्रीबाट हात धुन बाध्य पारिएको एमाले पार्टी सुत्रले बताएको छ । दलका नेतामा चित्त बुझाउँदै थपलियाले आफ्नै प्रस्तावमा अर्का सांसद किरण थापालाई वाग्मती प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै एमालेको राजनीतिमा एउटा गम्भीर प्रश्न समेत उठेको एमालेका पूर्व केन्द्रिय सदस्य एवम् संविधान सभाका सदस्य कृष्ण प्रसाद पौडेलले बताउनुभएको छ । चार वर्षभन्दा बढी समय संसदीय दलको नेतृत्व गरेका थपलियालाई मुखैमा आएको मुख्यमन्त्री पद नदिएर पार्टी नेतृत्वले गंभिर गल्ती गरेको प्रतिकृया दिनुभएको छ । हिजोका दिनमा पार्टी अध्यक्ष केपी ओलीका विश्वास पात्रका रुपमा रहेका थपलियालाई अन्तिममा आएर अवसरबाट बन्चित गर्नुले पार्टी विधिले नचलेको प्रष्ट हुने भन्दै यसले दुरगामी असर पार्न सक्ने उहाँले बताउनुभयो । उता पछिल्लो समय पार्टी अध्यक्ष ओलीको पूर्ण विश्वास लिन नसक्नु र वाग्मती प्रदेश इन्चार्ज समेत रहेका केन्द्रिय सचिव महेश बस्नेतको अडानका कारण थपलिया अन्ततः राजनीतिक सिकार भएको भन्दै सर्वत्र असन्तुष्टि व्यक्त गरिएको छ ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3