single head

देउवा पदमुक्त

single post top 1

भाद्र २, कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाशबहादुर देउवा पदमुक्त भएका छन् । लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण देउवाको पद रिक्तसम्बन्धी प्रदेशसभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले सदर गरेसँगै उनी पदमुक्त भएका हुन् । देउवा गत वर्ष भदौ २८ गते व्यक्तिगत कामका लागि अमेरिका गएका थिए। त्यसपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै उनी उपचारका लागि अमेरिकामै बस्दै आएका छन्। अमेरिका गएको ११ महिना पुगिसक्दा पनि उनी नेपाल नआएको र आफू स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा अमेरिकामा रहेको जानकारी गराएका थिए। तर पत्र पठाएको चार महिना वितिसक्दा पनि फर्केर नआएकोले पदमुक्त भएको जनाइएको छ । सभालाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्थाअनुसार देउवाको पद रिक्त भएको हो। यसैबिच उनी अनुपश्थित भएता पनि उनको खातामा भने ११ महिनामा ७ लाख ५३ हजारभन्दा बढी भुक्तानी गरिएको थियो । उनको खातामा प्रदेश सभा सचिवालयले नियमित रूपमा सेवा–सुविधाबापतको रकम पठाउँदै आएको बुझिएको छ । उनलाई पठाइएको रकमको बारेमा भने प्रदेश सभाले कुनै प्रतिकृया दिएको छैन ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3