single head

लायन्स क्लब अफ बागेश्वरी डायनामिकको पदस्थापनसँगै बाटिका स्थापना, सम्मान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न ।

single post top 1

गैंडाकोट । लायन्स क्लब अफ बागेश्वरी डायनामिकले पदस्थापन कार्यक्रमको पूर्ब सन्ध्यामा गैंडाकोट ५ मा रहेको आधारभुत अस्पताल परिसरमा प्राकृतिक सौन्दर्य र वृक्षरोपणसहितको “लायन्स बाटिका“ स्थापना गरेको छ । पर्यावरण र हरियाली वातावरण बनाउने उद्देश्य सहित अस्पताल परिसरमा वृक्षारोपण कार्य गरेको हो । क्लबका पदाधिकारी, पूर्बअध्यक्षहरु, सामाजिक ब्यक्तिहरुको विशेष उपस्थितीमा कार्यक्रम गरिएको थियो । लायन्स क्लब अफ बागेश्वरी डायनामिक क्लस्टर ६, डिष्ट्रिक्ट ३२५ आर, नेपालको पदस्थापन कार्यक्रम तथा विभिन्न सामाजिक तथा सम्मान कार्यक्रमहरू आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । गैंडाकोटको होटल मानसरोवर एण्ड पार्टी प्यालेस, गैंडाकोट–२ मा सम्पन्न यस कार्यक्रमले सामाजिक सेवाका क्षेत्रमा नयाँ आयाम थप्ने कार्य गरेको क्लवका अध्यक्ष तुलसी प्रसाद उपाध्यायले बताउनुभयो ।कार्यक्रमका बीच क्लबको विस्तार तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउनुहुने एक्सटेन्सन चियरपर्सन नवराज कंडेल र संस्थापक अध्यक्ष कमल तिवारीलाई सो अवसरमा विशेष सम्मान गरिएको थियो । त्यस्तै, क्लबका अध्यक्ष तुलसी प्रसाद उपाध्यायका सुपुत्र आद्भिक तिमिल्सिनाको जन्मदिनको अवसरमा गैंडाकोट नगरपालिका भित्रका ७ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ बागेश्वरी डायनामिकका निवर्तमान अध्यक्ष रामकृष्ण कोइरालाले आफ्ना कार्यकालमा सहयोग गर्नुहुने लायन साथीहरुलाई विशेष सम्मान गर्नुभएको थियो ।

single p1

single p2

लायन्स वर्ष २०२६र०२७ का अध्यक्ष तुलसी प्रसाद उपाध्यायको अध्यक्षता भएको पदस्थापन कार्यक्रममा डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गवर्नर लायन प्रभाकर पण्डितको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जिल्ला उद्योग वाणिज्य संघ, गैंडाकोटका अध्यक्ष छविलाल कंडेल, उपाध्यक्ष उद्योगतर्फका दिपक भट्टराई, महासचिव माधव प्रसाद सापकोटा, गैंडाकोट नगरपालिकाका शिक्षा अधिकारी खेम प्रसाद आचार्य , वडा नंं ५ का वडा अध्यक्ष रत्न प्रसाद सापकोटा, जनक नमुना मा वि का प्रधानाध्यापक वुद्धिसागर पण्डित, नेराश आ मा वि गैंडाकोट १ का प्रधनाध्यापक इन्द्रराज भट्टराई, विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधी ज्यूहरु लगायत , डिष्ट्रिक्ट ३२५ आरका विभिन्न पदाधिकारीहरूको विशेष आतिथ्यता रहेको थियो ।      त्यस्तै आईतबार नै लायन्स वर्ष २०२६र०२७ का लागि नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूको आधिकारिक पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । समाजसेवा र सुशासनको भावनासहित अगाडि बढेको यस क्लबले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा जनहितका कार्यहरूलाई निरन्तरता दिने नवनिर्वाचित समितिले प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

 

कार्यक्रमको सहजीकरण क्लबका द्वितीय उपाध्यक्ष लायन्स गोबिन्द चालिसेले गर्नुभएको हो भने कार्यक्रमका संयोजक लायन्स हिमालदेव पंगेनी रहनुभएको सो कार्यक्रममा आफ्नो मन्तव्य ब्यक्त गर्दै प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गवर्नर लायन प्रभाकर पण्डितले लायन्स क्लब अफ बागेश्वरी डायनामिकले छोटो समयमा निकै धेरै सामाजिक कार्यहरु गरेकोले उत्कृष्ट क्लबको रुपमा स्थापित हुन लागेकोमा खुसी व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि पण्डितले आगामी दिनमा पनि सामाजिक कार्यमा संलग्न रहँदै समाजको विकासका लागि लागिरहन अनुरोध समेत गर्नुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3