चर्चित गायक पुस्कल शर्माको नयाँ तीज गीत “मै राम्री आहा”( म्युजिक भिडियो)

krishi top

गैडाकोट (एन S सुबेदी)। लोकदोहोरी गायक पुस्कल शर्माको नयाँ तीज गीत “मै राम्री आहा” सार्वजनिक भएको छ । श्रोतादर्शकको ढुकढुकीमा बस्न सफल चर्चित गायक, सर्जक, मोडल, शर्माले २०८३ सालको तीजको अवसर पारेर आफ्नो गीतलाई बजारमा लिएर आउनु भएको छ ।

लोकप्रिय गायक पुष्कल शर्मा र शान्तारानी परियारको स्वरमा सजिएकोे गीतमा लय तथा शब्दसंगीत पुष्कल शर्माकै रहेको छ । गीतको म्युजिक एरेन्ज पूर्ण संयोगले गर्नुभएको छ । मालाश्री स्टुडियोमा गीतको अडियो रेकर्ड भएको हो । गितको अडियो तथा भिडियो मन्दिर म्युजिकले ब्यबस्थापन गरेको छ । हरितालिका तीज नजिकिँदै गर्दा गायक शर्माले पनि तीजको गीत बजारमा लिएर आउनुभएको छ । गीतले अहिले निकै नै चर्चा बटुलि रहेको छ ।

Article Inline 2

गीतको म्युजिक भिडियो पनि राम्रो बनेको छ जसमा गायक स्वयंले मोडल गर्नुभएको छ । उहाँलाई महिला मोडलको रूपमा नारायणी खत्रीले साथ दिनुभएको छ । करण चैसिरको छायाङ्कन, दिपक बिष्टको सम्पादनमा बनेको गीतलाई स्मृति तिमल्सिना (गुरुआमाले निर्देशन गर्नुभएको हो । गीतको म्युजिक भिडियो पुस्कल शर्मा युट्युब च्यानल मार्फत बजारमा आएको हो । एकपटक यो गीतलाई हेरेर,सुनेर माया गर्नुहोला र सल्लाह सुझाव दिनुहोला ।

ताजा प्रकासित

[sprasasocial]

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :