single head

सामाजिक र धार्मिक सद्भाव कायम राख्न अपिल

single post top 1

साउन १२ चितवन ।  प्रधानमन्त्री कार्यालयले हिंसा, उत्तेजना र भ्रामक सूचनाबाट प्रभावित नहुन तथा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चारमाध्यम र सर्वसाधारणसँग अपिल गरेको छ।

single p1

 कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै सुनसरीको देवानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

single p2

सोमबार जारी प्रेस विज्ञप्तिमा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको र घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउने गरी गृह मन्त्रालयले छानबिन समिति गठन गरेको उल्लेख छ ।

साथै, सरकारले पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र दोषीउपर कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3