spot_img

Thursday, July 23, 2026

नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमितिको निशुल्क स्वास्थ्य शिविरमा ३५० जनाले लिए स्वास्थ्य सेवा

गैडाकोट । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमिति नवलपुरले गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको ४४ औँ स्मृति दिवसको अवसरमा बुधवार हरिहर मन्दिर परमान्द सन्यास आश्रम गैडाकोट ७ मा भएको शिविरमा ३५० जनाले स्वास्थ्य जाँच गराएका छन्।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ क्षेत्रिय कार्यसमिति नवलपुरको आयोजना र गैडाकोट नगरपालिका वडा नम्बर ७ को समन्न्ययमा राखिएको शिविरमा निशुल्क स्वास्थ्य जाँच सँगै निशुल्क औषधि पनि बितरण गरिएको थियो। शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा, जनरल फिजिसियन विशेषज्ञ, बाल रोग विशेषज्ञ , नाक–कान–घाँटी विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ , र दन्त रोग विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरमा रत्तचाप जाँच , ईसीजी, भिडियो एक्सरे र रगतमा चिनिको मात्राको जाँच निःशुल्क गरिएको थियो।
शिविरलाई कलेज अफ मेडिकल साइन्सेस, भरतपुर (पुरानो मेडिकल कलेज) ले प्राविधिक सहयोग गरेको थियो।
शिविरको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमन्त्री एवं केन्द्रीय सदस्य डा. गोपाल दहितले बीपी कोइरालाले देखाएको लोकतान्त्रिक समाजवाद र जनताको स्वास्थ्य तथा शिक्षालाई प्राथमिकता दिने राजनीतिक दृष्टिकोणलाई आत्मसात् गर्दै जनताको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने कार्य महत्वपूर्ण रहेको बताउनुभयो।
गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नागरिकको स्वास्थ्यप्रति राज्य र राजनीतिक दलहरू थप जिम्मेवार बन्नुपर्ने बताउँदै यस्ता स्वास्थ्य शिविरले सामान्य स्वास्थ्य समस्याको पहिचान र उपचारमा सहयोग पुग्ने धारणा राख्नुभयो।
गैंडाकोट नगरपालिका–७ का वडा अध्यक्ष होमनाथ सापकोटाले वडावासीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर आयोजना गरिएको शिविरबाट स्थानीय नागरिक लाभान्वित भएको बताउनुभयो।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय सभापति अमृत भट्टचनले बीपी स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमको रूपमा सीमित नगरी जनताको सेवासँग जोड्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय वडावासीको उल्लेख्य सहभागिता रहेको शिविरमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सेवाहरू प्रदान गरेको थियो।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ क्षेत्रिय सभापति अमृत भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रिय सचिव अमृत श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :