नवलपुरमा उत्कृष्ट सामुदायिक वनका रूपमा नारायणी सामुदायिक वन पुरस्कृत

under rastriya
गैडाकोट । डिभिजन वन कार्यालय नवलपुरले आर्थिक वर्ष २०८२/८३ को जिल्लास्तरीय उत्कृष्ट सामुदायिक वनको रूपमा नारायणी सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरेको छ। सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, जैविक विविधता संरक्षण, सुशासन तथा उपभोक्तामुखी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरेको मूल्याङ्कनका आधारमा नारायणी सामुदायिक वन उपभोक्ता समूह उत्कृष्ट घोषित भएको हो।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले सामुदायिक वनहरूले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक, सामाजिक र वातावरणीय विकासमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो। उहाँले नारायणी सामुदायिक वनले अनुकरणीय कार्यसम्पादन गर्दै अन्य सामुदायिक वनका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि वन संरक्षण, हरियाली प्रवद्र्धन र समुदायको सहभागितालाई अझ सुदृढ बनाउन आग्रह गर्नुभयो।
नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटाले प्राप्त सम्मान सम्पूर्ण उपभोक्ता, पदाधिकारी, कर्मचारी तथा वन संरक्षणमा निरन्तर सहयोग गर्ने सबैको साझा उपलब्धि भएको बताउनुभयो। उहाँले यस पुरस्कारले समूहलाई अझ जिम्मेवार र उत्साहित बनाएको उल्लेख गर्दै वन संरक्षण, जैविक विविधताको संवद्र्धन तथा समुदायको हितमा आधारित कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा ,सब डिभिजन कार्यालय गैडाकोटका प्रमुख सन्तोष मिश्र, नारायणी सामुदायिक वनका उपाध्यक्ष धनपति सापकोटा, सचिव सीतागिरी, कोषाध्यक्ष बिमला मगर, समूहका कार्यालय सचिव हरि सापकोटा, शैक्षिक व्यक्तित्व ईश्वरी चापागाईं लगायतको उपस्थिति रहेको थियो।
डिभिजन वन कार्यालयले उत्कृष्ट कार्य गर्ने सामुदायिक वनहरूलाई प्रोत्साहन गर्दै वन संरक्षण र दिगो व्यवस्थापनमा थप प्रभावकारिता ल्याउने उद्देश्यले हरेक वर्ष उत्कृष्ट सामुदायिक वन छनोट गरी सम्मान गर्दै आएको छ।
Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :