काठमाण्डाै। फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको डालास रङ्गशालमा शुरू हुनेछ । नकआउट चरणमा पोर्चुगलले क्रोएशियालाई २–१ र स्पेनले अस्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् । पोर्चुगल समूह ‘के’ को उपविजेता र स्पेन समूह ‘एच’ को विजेताका रूपमा नकआउटमा पुगेका हुन् ।
विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् २०१० मा स्पेनले पोर्चुगललाई १–० ले हराएको थियो । यस्तै २०१८ मा दुवै टोलीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । यस्तै यी दुई टोलीबीच अहिलेसम्म ४१ पटक भेट भएकोमा स्पेन १८ र पोर्चुगल ७ खेलमा विजयी भएका छन् भने १६ खेल बराबरीमा सकिएको छ ।
विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा भोलि बिहान पौने ६ बजे अमेरिका र बेल्जियम खेल्दैछन् ।





