single head

गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न /नवलपुर जिल्ला तेक्वान्दो टोली तेस्रो स्थान हासिल

single post top 1

नवलपुर। गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आइतबार सम्पन्न भएको छ । लमजुङ, र्भोलेटार, गण्डकी प्रदेश खेलकुद परिषद्को सहयोग तथा गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा लमजुङको भोरलेटारमा असार १९ गते बाट सुरु भएको प्रतियोगिता  सम्पन्न भएको छ ।  प्रतियोगितामा नवलपुरले ऐतिहासिक सफलता हात पारेको छ । सीमित स्रोत–साधनका बाबजुद नवलपुर जिल्ला तेक्वान्दो टोलीले समग्र तेस्रो स्थान हासिल गर्दै उत्कृष्ट प्रदर्शन गरेको हो ।

single p1

प्रतियोगितामा नवलपुरले २ स्वर्ण, ५ रजत र ७ कांस्य पदक जित्दै गण्डकी प्रदेशकै उत्कृष्ट टोलीमध्ये आफूलाई स्थापित गरेको छ। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्माले गर्नुभएको थियो भने समापन समारोहमा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङ प्रमुख अतिथि रहनुभएको थियो।

single p2


नवलपुरका हरि बहादुर परियारले पुरुष ६८ केजी मुनि र मनीष महतो ले पुरुष ७४ केजी मुनिस्वर्ण पदक जिते । यस्तै, सुचित पाण्डे पुरुष ८० केजी मुनि, सन्देश बिक ले पुरुष८७ केजी मुनी, प्रियंका थापाले महिला एकल पुम्से र जोडी पुम्सेमा  लक्की राना मगर र प्रियंका थापा ले रजत पदक हात पारे ।


यसै गरि कञ्चन महतोले महिला ४६ केजी मुनि, शालिन खण्डालुकले पुरुष५८ केजी मुनि, दुर्गाप्रसाद चौधरीले पुरुष ६३ केजी मुनि, लक्की राना मगरले एकल पुम्से तथा सनम महतो, लक्की राना मगर र राजीव पाठकले समूह पुम्से मा कांस्य पदक जित्न सफल भए । यसै प्रतियोगितामा नवलपुरकी रेफ्री मुनु थापा ले ‘Best Referee Award’ जित्दै नगदसहित सम्मान प्राप्त गर्नुभएको छ । उक्त उपलब्धिसँगै नवलपुरले खेलाडी प्रदर्शनसँगै रेफ्रितर्फ पनि उत्कृष्टता प्रमाणित गरेको छ ।

नवलपुरमा तेक्वान्दो खेलको विकास र विस्तारमा संस्थापक अध्यक्ष राजु भुसाल को योगदान महत्वपूर्ण रहेको जिल्ला तेक्वान्दो परिवारले जनाएको छ । उहाँको नेतृत्वमा सुरु भएको अभियानलाई निरन्तरता दिँदै जिल्लाले प्रदेशस्तरमै ऐतिहासिक सफलता हासिल गर्न सकेको बताइएको छ ।

जिल्ला तेक्वान्दो परिवारले यस सफलतामा योगदान पु¥याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक, रेफ्री, अभिभावक, सहयोगी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेको छ । प्रतियोगितामा विशाल महतो टोलीको कोच र अभिषेक महतोले टोली व्यवस्थापकको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3