चितवन । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गर्नुभएकाे छ । उहाँलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराउनुभएकाे हाे । चितवनमा असार ७ देखि आज असार १२ सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।
यसैगरी, महाधिवेशनबाट महिला उपसभापतिमा सोविता गौतम विजयी हुनुभएको छ । उहाँले तोसिमा कार्कीलाई २१७ मतको अन्तरले पराजित गर्नुभएको हो । उहाँले उपसभापति पदमा ७८९ मत पाउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत पाउनुभएको थियो ।
यस्तै महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ । उहाँले ६७३ मत पाउनुभएको छ । सहमहामन्त्री पदमा असिम शाह, हरि ढकाल र निशा डाँगी विजयी हुनुभएको छ।
खुलातर्फको दुई सहमहामन्त्री पदका लागि ११ जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा सबैभन्दा बढी मत प्राप्त गर्दै हरि ढकाल र असिम शाह विजयी हुनुभएको हो। विजयी शाहले ४७१ मत पाउनु भएको छ भने ढकालले ४१० मत प्राप्त ल्याउनुभएको छ ।





