गैँडाकोट । गैडाकोट वडा नम्बर ६ मा मानसिक तथा शारीरिक स्वास्थ्य सम्बन्धी स्व–हेरचाह एकदिने तालिम आज सम्पन्न भएको छ।
गैँडाकोट नगरपालिकाको आयोजना तथा स्वावलम्बन महिला समूहको समन्वयमा सञ्चालित तालिममा मानसिक तथा शारीरिक स्वास्थ्यको महत्व, स्व–हेरचाहका उपायहरू, तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि तथा स्वस्थ जीवनशैली सम्बन्धी विषयमा सहजीकरण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले प्राप्त ज्ञान र अनुभवलाई आफ्नो व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा समूहभित्र तथा समूहबाहिरका गरी करिब ५० जनाको उत्साहजनक सहभागिता रहेको थियो ।
स्वावलम्बन महिला समूहको अध्यक्ष कल्पना शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुरक्षीत आप्रवासन (सामी) कार्यक्रमकी रश्मी ढकालले गर्नुभएको थियो ।






