गैडाकोट । जलनमा परेर घाइते तथा मृत्यु हुने घटनालाई न्यूनीकरण गर्न गैडाकोट नगरपालिका वडा नं ६ ले समुदाय स्तरीय जलन सम्वन्धि सचेतना कार्यक्रम संचालन गरेको छ ।
एज्भ्ऋत् फेक्ट नेपाल कीर्तिपुर अस्पताल र जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालको प्राविधिक सहयोगमासंचालित कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं ६ का १२० जनाको सहभागीता रहेको थियो ।
जलन सम्वन्धि वडा बासीलाई सचेतना दिने उद्येश्वले वडाले गरेको कामको प्रसंसा गदै नगर प्रमुख मदनभक्त अधिकारीले जलनबाट बच्ने उपायहरु, केमिकलहरु प्रयोग गर्दा ध्यानदिनुपर्ने जस्ता महत्वपुर्ण कुरा सिकेर जिवनमा लागु गर्न आग्रह गर्नुभयो ।

गर्मी बढेसँगै हावाहुरी चलेर घर गोठमा आगलागी हुने र आगलागीमा परेर वृद्धवृद्धा घाइते तथा मृत्यु हुने जोखिम बढ्दै जानु र आगलागी निभाउने क्रममा धेरै मानिसहरू घाइते हुने गरेका छन् त्यसैले जलनबाट बच्ने उपायहरुका बारेमा समुदायस्तरमै सचेतना फैलाउने उद्देश्यले कार्यक्रम संचालन गरिएकोे गैडाकोट वडानम्बर ६ का वडा अध्यक्ष सुभास चापागाईले बताउनुभयो।
तालिमका सहभागीहरूलाई जलनबाट बच्ने उपायका साथै जलन भएका बिरामीहरुको उपचार कसरी गर्ने भन्ने सम्बन्धमा फेक्ट नेपाल कीर्तिपुर अस्पताल तथा जनस्वास्थ्य सरोकार ट्रस्ट नेपालका प्रतिनिधि कबिता भट्टराई गुरुङ र जानुका तामाङ, नैना महत्तले प्रशिक्षण दिनुभएको थियो ।

सामान्य असावधानीका कारण खाना पकाउदा, लागो बाल्दा , तेजाब लगायतका केमिकलहरु प्रयोग गर्दा पनि जलनका धेरै घटनाहरु हुने गरेका छन् । नाइनल र पोलिस्टरका कपडा जलनका दृष्टिले धेरै जोखिम हुने भएकाले आगो ताप्दा सुतीका कपडा लगाउनु उपयुक्त हुने प्रशिक्षकले बताएका थिए ।

सावधानी अपनाउँदा—अपनाउँदैं जलन भई हालेमा दौड्नु हुँदैन् । जलन भएको बेला दौडदा आगो शरीरभर फैलिएर शरीरको भित्री भागमा गहिरो चोट हुने जोखिम धेरै हुन्छ, त्यसैले जलन हुनासाथ भुइँमा लडिबुडी गरेर शरीरमा लागेको आगोलाई निभाउने प्रयास गर्नुपर्छ । जलन भएका बिरामीलाई निको हुन लामो समयसम्म उपचार गर्नुपर्छ । उपचार पनि धेरै खर्चिलो हुन्छ ।
जनस्वास्थ्य सरोकार ट्रस्ट नेपाल लगायतका केही संघसंस्थाले जलनमा परेर उपचारका लागि अस्पतालमा पुग्ने बिरामीलाई सहयोग गर्दै आएका छन् ।





