spot_img

Tuesday, June 2, 2026

गैँडाकोट पम्पीङ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयन आगामी जेठ ३० गते  हुने

गैँडाकोट । गैँडाकोट पम्पीङ स्कीम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयन आगामी जेठ ३० गते  हुने भएको छ । आगामी ४ वर्षको नयाँ कार्यकालका लागि नयाँ नेतृत्व चयन हुन लागेको हो । नगरका ९ वटा वडामा सेवा दिदै उपभोक्ता सँगै जोडिएको संस्थाकाे नेतृत्व चयनलाई स्थानीय स्तरमा निकै महत्त्वका साथ हेरिएको छ ।

संस्थाको वैधानिक व्यवस्था अनुसार निर्वाचनमा ‘एक धारा, एक भोट’ को नीति अवलम्बन गरिनेछ, जसका लागि यस पटक कुल ६ हजार ६ सय ९२ जना उपभोक्ताले मतदाताका रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । वि.सं. २०५१ सालमा स्थापना भएको यस संस्थालाई वि.सं. २०६३ सालमा संघीय खानेपानी विभागले औपचारिक रूपमा उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो । संस्थाले हाल गैँडाकोट नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९ का करिब ६ हजार ८ सय घरधुरीलाई शुद्ध पिउने पानी वितरण गर्दै आइरहेको छ ।

 संस्थाको नेतृत्व सम्हाल्न वर्तमान कार्यसमितिका पदाधिकारीदेखि सदस्यहरूसम्मले आ-आफ्नो  चाहना प्रस्तुत गरिरहेका छन् ।  संस्थाका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले आफ्नो कार्यकालमा सुरु भएका अधुरा योजनाहरूलाई पूर्णता दिन पुनः नेतृत्वमा दोहोरिने चाहना रहेकाे बताउदै अाउनु भएकाे छ भने संस्थाका सचिव केशव राज शर्मा पौडेलले संस्थाको  नेतृत्वका लागि आकांक्षा  राख्नुभएकाे छ । यस्तै कार्यसमितिका संस्थाका सदस्य विपीनभक्त अधिकारी, डिल्लीराज घिमिरे र ज्ञानेन्द्र सापकोटा लगायतका  व्यक्तित्वहरूले पनि संस्थाको आगामी नयाँ नेतृत्वका लागी  इच्छा र आकांक्षा रहेकाे बताएका छन् ।

६ हजार ८ सय घरधुरी रहेकाे संस्थाले उपभोक्ताहरू माझ  चुनावी बहस सुरु भइसकेको छ । शुद्ध र नियमित खानेपानीको सुनिश्चितता, वैज्ञानिक महसुल दर, प्राविधिक सुधार तथा संस्थागत पारदर्शितालाई उपभोक्ताहरूले मुख्य माग बनाएका छन् । अागामी जेठ ३० गते पुरानो जनक माविमा हुने संस्थाको नयाँ नेतृत्व कस्ले चलाउने हाे त्यस्काे जिम्मा  ६ हजार ६ सय ९२ जना उपभोक्ताले गर्नेछन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :