गैडाकोट । गैडाकोट सुनचाँदी व्यवसायीको उपाध्यक्षमा युवा समाजसेवी अविनाश सुनार चयन हुनुभएको छ । सोमबार गैडाकोटमा भएको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट उहाँ सर्वसम्मत रूपमा उपाध्यक्षमा चयन हुनुभएको छ।
सुनार यसअघि संस्थाको महासचिवमा रहेर काम गर्दै आइरहनु भएको थियो। महासचिवबाट सुनार यसपटक उपाध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । सुनारले गैंडाकोट १६ नम्बर चोकमा दाउन्नेमाई सुनचादी पसल सञ्चालन गर्दै आउनु भएको छ ।
२०७३ सालमा स्थापना भएको यस संस्थाले स्थानीय स्तरमा सुनचाँदी व्यवसायीहरूको हकहित र व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।





