spot_img

Tuesday, April 28, 2026

आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत ओमान लाइ हराउदै संयुक्त अरब इमिरेट्स (युएई) विजयी

वैशाख १४ काठमाडौँ। आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आज  भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईले ओमानलाई २५ रनले हराएको हो  ।  युएईले ओमानलाई जितका लागि दुई सय ६९ रनको बलियो लक्ष्य दिएको थियो ।

जवाफमा ओमानले  ४७.५ ओभरमा दुई सय ४३ रनमा समेटियो । ओमानका लागि विनायक शुक्लाले अविजित ५८ र कप्तान जतिन्दर सिंहले ४६ रन बनाउनुभयो ।बलिङमा युएईका अजय कुमारले ६ विकेट लिनुभयो । उहाँले ९.५ ओभर बलिङ गर्दै ३५ रनमात्र खर्चिनुभयो । हैदर अलीले एक विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ६८ रनको  योगफल बनाएको  थियो ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :