नेवाः मिसा दबु गैंडाकोट नगर समितिको साधारणसभा सम्पन्न

photo feature

गैंडाकोट। नेवाः मिसा दबु गैंडाकोट नगर समितिको साधारण सभा  गैंडाकोटमा सम्पन्न भएको छ। कार्यक्रममा सहयोग गर्ने सहयोगीहरूलाई सम्मान समेत गरिएको थियो।

कार्यक्रममा नेवा देय दबुका केन्द्रीय उपाध्यक्ष हरिकुमार श्रेष्ठले नेवार समुदायको पहिचान भाषा, कला र संस्कृतिमा आधारित रहेर त्यसको संरक्षण र प्रवद्र्धनमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण हुने बताउँनुभयो । केन्द्रीय उपाध्यक्ष श्रेष्ठले परम्परागत ज्ञान, सीप र सांस्कृतिक मूल्यहरूलाई नयाँ पुस्तासम्म पु¥याउन संगठित प्रयास आवश्यक रहेको बताउँनुभयो ।

Article Inline 2

नेवाः मिसा दबु गैंडाकोट नगर समिति अध्यक्ष सीता श्रेष्ठले नगर समितिले विगतदेखि नै लोपोन्मुख अवस्थामा रहेका कला, भाषा र संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले महिलाहरूको क्षमता अभिवृद्धि गर्न सिपमूलक तथा आयमूलक तालिमहरू सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा सचिव शर्मिला श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कोषाध्यक्ष बबिता श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा शिवजंग श्रेष्ठ, सोमकुमार श्रेष्ठ, योगेन्द्र नारायण श्रेष्ठ, सुरज प्रधान, शिवकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, रेखा श्रेष्ठ, निर्मला श्रेष्ठ लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा समिति सदस्य बीमला श्रेष्ठले स्वागत मन्तव्य व्यक्त राख्नु भएको थियो भने सचिव शर्मिला श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :