चैत २१,काठमाडौँ । नेपाली कांग्रेसले सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन जरा अभियानको घोषणा गरेको छ । महामन्त्री प्रदीप पौडेलका अनुसार ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी एक महिने जरा अभियान सञ्चालन गरिने भएको हो । कांग्रेसले ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिका लागि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण आयोजना गरेको छ ।
महामन्त्री पौडेलले २०८३ वैशाख १ गतेदेखि एक महिने जरा अभियान सञ्चालन गर्ने बताउनुभयो । उहाँले अभियानअन्तर्गत व्रियाशील सदस्यता अद्यावधिक गर्ने, पार्टीको सांगठनिक गतिविधिको विश्लेषण गर्ने, जनतासँग, युवासँग र पार्टी बाहिरका शुभेच्छुकसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम गर्ने बताउनुभयो ।






