नेप्सेमा उच्च अंकको वृद्धि

kala sahitya side 1

काठमाडौँ। साताको पहिलो कारोवार दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।

आईतबार नेप्से परिसूचक ५७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ७७२ दशमलव १७ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव १२ प्रतिशतको वृद्धि हो ।

Article Inline 2

आईतबार ३३१ कम्पनीको तीन करोड नौ लाख १५ हजार १८३ कित्ता शेयर एक लाख ३३ हजार ५२९ पटक खरिदबिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ दशमलव शून्य पाँचको रुपैयाँको कारोबार भएको छ भने सबै समूहको उपसूचक बढेको छ ।

आईतबारको कारोबारमा आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ४३ करोड ५९ लाख ३३ हजार १६२ बराबरको १६ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :