spot_img

Thursday, June 11, 2026

एकता टोल महिला समूहले दशौँ साधारण सभा सम्पन्न

गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्वर ५ मा रहेको एकता टोल महिला समूहले दशौँ साधारण सभा गरेको छ।
एकता टोल बिकास संस्थाको परिसरमा शनिवार समुहले बिभिन्न कार्यक्रम गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
गैडाकोट वडा नं ५ की वडा सदस्य एवं नगर कार्यपालिका सदस्य शान्ति न्यौपानेले महिलाहरू संगठित भएर सामाजिक, आर्थिक तथा पारिवारिक सशक्तीकरणमा अगाडि बढ्नुपर्ने बताउनु भयो । कार्यपालिका सदस्य न्यौपानेले  महिला समूहहरू विकासका मेरुदण्ड भएकोले महिलाको सक्रिय सहभागिताबाट मात्र समावेशी र दिगो विकास सम्भव हुने बताउँनु भयो । उहाँले स्थानीय तहबाट महिला लक्षित कार्यक्रमहरूमा निरन्तर सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो।

एकता टोल महिला समूहकी अध्यक्ष मेनका थापाले समूहले स्थापना कालदेखि अहिलेसम्म महिलाको क्षमता विकास, बचत–ऋण, सामाजिक चेतना अभिवृद्धि तथा समुदाय विकासका क्षेत्रमा महत्वपर्ण काम गरेको बताउनु भयो । उहाँले समुहले आगामी दिनमा सीपमूलक तालिम, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताउनु भयो ।
साधारण सभामा समुहको सचिव नारायणी बराल सापकोटाले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा एकता टोलका संस्थापक अध्यक्ष जितबहादुर खनाल, एकता टोल महिला समूहकी संस्थापक अध्यक्ष माया रिमाल, पुर्व अध्यक्ष अन्जु वाग्ले, पुर्व अध्यक्ष मन्जु गौतम,वाल क्लब अध्यक्ष रिवाज अधिकारी, गीता भुसाल अम्बिका पाण्डे लगायतको उपस्थिति रहेको थियो।
समुहको उपाध्यक्ष सरस्वती भण्डारी पौडेलले स्वागत मन्तव्य राख्नु भएको कर्यक्रमको सहजीकरण समुहको सचिव नारायणी बराल सापकोटाले गर्नुभएको थियो । एकता टोल महिला समूहले आफ्ना दिदिबहिनीहरु बिच बिभिन्न खेलहरु खेलाएर रमाईलो गर्नुका साथै बिजेताहरुलाई मादल उपहार समेत दिएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :