spot_img

Wednesday, April 1, 2026

गैँडाकोट अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगिताको उपाधि पुरुष तर्फ वडा नम्बर ३ र महिला तर्फ वडा नम्बर १६

गैँडाकोट। नवलपुरको गैँडाकोटमा भएको अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगिताको उपाधि पुरुष तर्फ वडा नम्बर ३ ले र महिला तर्फ वडा नम्बर १६ ले जितेका छन् ।
गैँडाकोट फुटबल क्लबको आयोजना तथा गैँडाकोट नगर खेलकुद विकास समितिको प्रबर्धनमा सञ्चालित गैँडाकोट अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगिता २०८२ को पुरुष तर्फको उपाधि गैँडाकोट वडा नं. ३ ले हात पारेको छ।

गैँडाकोट–९, थुम्सीस्थित नवजागरण खेल रंगशालामा सोमबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा वडा नं. ४ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दै वडा नं. ३ च्याम्पियन बनेको हो।
निर्धारित समयसम्म दुवै टोलीबाट गोल रहित बराबरीमा खेल सकिएपछि नतिजा पेनाल्टी सुटआउटबाट पुगेको थियो। पेनाल्टीमा गैँडाकोट वडा नं. ३ ले उत्कृष्ट प्रदर्शन गर्दै ३–० गोल अन्तरले जित निकाल्यो भने वडा नं. ४ गोल गर्नबाट चुक्यो र उप बिजेतामा चित्त बुझाउन पर्यो ।

विजेता बनेको गैँडाकोट वडा नं. ३ ले नगद ५५,०००/– रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो। त्यसैगरी उपविजेता वडा नं. ४ ले नगद ३३,०००/– रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो  ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि विकास थापा (जर्सी नं. ५, वडा नं. ३) ,उत्कृष्ट गोल रक्षक  विकास सारु मगर (वडा नं. ३),सर्बाधिक गोलकर्ता  अविनाश गुरुङ (जर्सी नं. ९, वडा नं. ४) र उत्कृष्ट रक्षार्थ सुदन पराजुली (जर्सी नं. २०, वडा नं. ४) हुनुभएको छ ।

तेस्तै महिलातर्फको उपाधि गैँडाकोट वडा नं. १६ ले जितेको छ । सोमबारै भएको फाइनल खेलमा गैँडाकोट वडा नं. १६ ले वडा नं. ७ लाई पराजित गर्दै ऐतिहासिक जित निकालेको हो। गैँडाकोट वडा नं. १६ की जर्सी नं. ७ की खेलाडी रेनु शर्माले गरेको निर्णायक १ गोलले उपाधि चुम्न सफल भयो ।
विजेता बनेको गैँडाकोट वडा नं. १६ ले  नगद रु. २५,०००/–, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । त्यसैगरी उपविजेता बनेको वडा नं. ७ ले नगद रु. १५,०००/–, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक संगीता परियार (वडा नं. १६) ,उत्कृष्ट रक्षार्थ  ममता चितौरे मगर (वडा नं. ७) ,सर्वाधिक गोलकर्ता रेनु शर्मा (वडा नं. १६) र उत्कृष्ट खेलाडी अन्जली भुसाल हुनु भएको हो ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने पुरुष तथा महिला खेलाडीहरूलाई नगद २,५००/– रुपैयाँ र ट्रफीले सम्मानित गरिएको रेग्मीले जानकारी दिनुभयो ।

गत पुस २९ गतेदेखि सुरु भएको  प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास र वडा–वडा बीचको भ्रातृत्वलाई थप मजबुत बनाएको गैँडाकोट फुटबल क्लबका अध्यक्ष सुदन पराजुलीले बताउनु भयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :