single head

‘मञ्जरी’ र ‘एक चिम्टी सिन्दुर’ कविता संग्रह विमोचन

single post top 1

गैँडाकोट । कवयित्री वसुन्धरा पौडेलको ‘मञ्जरी’ र कवयित्री मुना धनञ्जयको ‘एक चिम्टी सिन्दुर’ कविता संग्रह एक विशेष समारोहबीच विमोचन गरिएको छ । शुक्रबार त्रिवेणी साहित्य प्रतिष्ठान, गैँडाकोट-५ को आयोजनामा गैँडाकोट-८ स्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा उक्त कविता विमोचन गरिएकोे हो ।

single p1

कार्यक्रममा दुई कविता संग्रहको संयुक्त रूपमा समीक्षक डा. एकनारायण पौडेलले विमोचन गर्नुभएको थियो । मञ्जरी कविता संग्रहमा १०८ वटा कविता तथा एक चिम्टी सिन्दुर कविता संग्रहमा ५१ वटा कविता संकलन गरिएको छ ।

single p2

कार्यक्रमका प्रमुख अतिथि भाषाविद् तथा त्रिवेणी साहित्य प्रतिष्ठानका मानार्थ सदस्य प्राध्यापक डा. चुडामणि बन्धु रहनुभएको थियो । उहाँले स्रष्टाहरूलाई प्रगतिको कामना व्यक्त गर्दै साहित्यिक सिर्जनाले समाजलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । विमोचन कार्यक्रममा गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदी, त्रिवेणी साहित्य प्रतिष्ठानका सल्लाहकार लाकास पौडेल, लोकदाहोरी प्रज्ञा प्रतिष्ठानका केन्द्रीय संस्थापक अध्यक्ष अमर विरही गुरुङ, गैँडाकोट प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष भीम शर्माको उपस्थिती रहेको थियो ।

विमोचन समारोहमा समीक्षक डा. एकनारायण पौडेलले मञ्जरी कविता संग्रहमा समाजका प्रतीक्षित व्यक्ति, गुरुजन, जन्मभूमिको महिमा, भान्साभित्रको जीवन, प्रकृतिको चित्रण तथा नारी चेतनाका विषयलाई अनुष्टुप् छन्दमा गहन चिन्तनसहित प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।

त्यसैगरी एक चिम्टी सिन्दुर कविता संग्रह मौनता, नारीवादी चेतना, हक-अधिकार, व्यक्तित्व तथा पहिचानका विषयमा आधारित रही चिन्तनपरक र प्रभावशाली ढंगले लेखिएको बताउनुभयो।कार्यक्रममा भूगोल लम्साल र शिव त्रिपाठीले कविता वाचन गर्नुभएको थियो। शुभकामना मन्तव्य राख्दै विश्वराज लम्सालले साहित्य साधना निरन्तरता र समर्पणको परिणाम हुने उल्लेख गर्दै स्रष्टाहरूलाई निरन्तर अघि बढिरहन प्रेरणा दिनुभयो ।

त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सहसचिव राधा कोइरालाले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3