spot_img

Thursday, January 22, 2026

अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ फाइनल समिकरण पुरा, वडा नं. १६ र वडा नं. ७ बीच प्रतिस्पर्धा

गैँडाकोट । नवलपुरको गैँडाकोटमा जारी अन्तर वडा महिला तथा पुरुष फुटबल प्रतियोगितामा महिला तर्फ गैँडाकोट वडा नं. १६ र वडा नम्बर ७ फाइनलमा प्रवेश गरेका छन् । गैडाकोट वडा नम्बर १६ ले वडा नम्बर ५ लाई र गैडाकोट वडा नम्बर ७ ले  वडा नम्बर ६ लाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।

आईतबार  सम्पन्न महिलातर्फको पहिलो सेमिफाइनल खेलमा गैडाकोट वडा नम्बर १६ विजयी भएको छ। रोमाञ्चक खेलमा वडा नम्बर १६ ले वडा नम्बर ५ लाई शून्यका विरुद्ध १ गोल (१–०) ले पराजित गर्दै फाइनलको यात्रा पक्का गरेको हो।
खेलमा वडा नम्बर १६ का लागि जर्सी नम्बर ९ की खेलाडी बालकुमारी रानाभाटले गर्नुभएको गोल नै खेलको निर्णायक गोल साबित भयो।खेल अवधिभर उत्कृष्ट कौशल प्रदर्शन गर्नुभएकी वडा नम्बर १६ की बालकुमारी रानाभाट (जर्सी नं. ९) खेलको प्लेयर अफ द म्याच घोषित हुनुभएको छ। यस जितसँगै वडा नम्बर १६ ले महिलातर्फको उपाधिको लागि फाइनलमा स्थान सुरक्षित गरेको प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो ।।

तेस्तै आईतबार नै सम्पन्न महिलातर्फको दोस्रो सेमिफाइनल खेलमा गैडाकोट वडा नम्बर ७ ले गैडाकोट वडा नम्बर ६ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। अत्यन्तै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टोलीले उत्कृष्ट बचाउ र आक्रमणका प्रयासहरू गरेका थिए। तर, वडा नम्बर ७ को तर्फबाट भएको एक गोल नै खेलको अन्तिम नतिजाका लागि निर्णायक बन्यो। खेलमा गैँडाकोट वडा नम्बर ७ की जर्सी नम्बर १० की खेलाडी पुनम लामा गुरुङले गोल गर्दै आफ्नो समूहलाई जित दिलाउनुभयो। उत्कृष्ट प्रदर्शन र निर्णायक गोलमार्फत टोलीलाई फाइनलसम्म पु¥याउन सफल खेलाडी पुनम लामा गुरुङ (जर्सी नं. १०) प्लेयर अफ द म्याच घोषित हुनुभएको छ ।
अब महिलातर्फको उपाधिका लागि सोमवार वडा नम्बर १६ र वडा नम्बर ७ बीच भिडन्त हुने  प्रतियोगिताका खेल संयोजक प्रशान्त रेग्मीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल माघ ५ गते सोमबार दिउँसो १२ बजे महिलातर्फको फाइनल ( वडा नम्बर १६ र वडा नम्बर ७ )  खेल नवजागरण खेल रंगशाला, गैँडाकोट–९ थुम्सीमा हुने आयोजकले जनाइएको छ ।

गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा जारी प्रतियोगिता गैडाकोट नगर खेलकुद बिकास समितिको ब्यबस्थापनमा भएको हो भने गैँडाकोट फुटबल क्लबले आयोजना गरेको हो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :