spot_img

Monday, December 29, 2025

चिसो बढे संगै मौलाकाली सामुदायिक वनले आफ्ना सदस्यलाई दाउरा वितरण गर्यो

गैंडाकोट । जाडो मौसमलाई लक्षित गर्दै गैंडाकोटको मौलाकाली सामुदायिक वनले आफ्ना सदस्य, जेष्ठ नागरिक  तथा बालबालिकालाई दाउरा वितरण गरेको छ । अघिल्ला वर्षहरुदेखि नै दाउरा वितरण गर्दै आएको मौलाकाली सामुदायिक वनले यस वर्ष पनि आफ्नो क्षेत्रभित्रका ४०/ ४५ ठाँउहरुमा दाउरा वितरण गरेको हो ।

जाडोको समयमा कुनै पनि बालबालिका तथा जेष्ठ नागरिक चिसोमा कठ्यांग्रिएर नबसुन् भन्ने उदेश्यले उनीहरुलाई दाउरा वितरण गरेको मौलाकाली सामुदायिक वनका अध्यक्ष हरि प्रसाद सापकोटाले बताउनुभयो । अध्यक्ष सापकोटाले यस वर्ष अहिलेसम्म ४०/ ४५ ठाँउमा दाउरा वितरण गरेको र आवश्यक परे अन्यलाई पनि वितरण गर्ने बताँउनुभयो ।

बढ्दो चिसोका कारण दिर्घरोगी, बालबालिका तथा बच्चाहरुको स्वास्थ्यमा धेरै समस्या आइरहेको अवस्थामा मौलाकालि सामुदायिक वनले गरेको यस्तो कार्य प्रंशसनीय रहेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :