गैंडाकोट वडा नम्वर ६ मा भूमि समस्या सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

kala sahitya side 2

गैंडाकोट । गैंडाकोट वडा नम्वर ६ मा भूमि समस्या सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रममा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा भूमि समस्या समाधान आयोग नवलपुरका जिल्ला अध्यक्ष तारापति खरेलले केन्द्रीय तहको नीतिगत अस्थिरताका कारण लालपुर्जा वितरण प्रक्रिया केही ढिलाइ भएको उल्लेख गर्दै पछिल्लो समय प्रक्रिया व्यवस्थित हुँदै गएको बताउनुभयो।

Article Inline 2

गैंडाकोट ६ का वडा अध्यक्ष सुभाष चापागाईंले आफ्नो वडाभित्र रहेका वास्तविक भूमिहीनको पहिचान गरी अधिकार सुनिश्चित गर्न वडा कार्यालय निरन्तर सक्रिय रहेको बताउनुभयो।

कार्यक्रममा प्रस्तुत विवरण अनुसार गैंडाकोट नगरपालिकाभित्र जग्गा प्राप्तिका लागि ४ हजार ७ सय ४७ जनाले फारम भरेका छन् भने तीमध्ये वडा नम्बर ६ बाट मात्र ४ सय १५ जनाको आवेदन परेको जनाइएको छ।

अन्तरक्रियामा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला नागरिकहरूको उपस्थिति रहेको थियो।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :