पुस ३,काठमाडौँ। तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत वापत राख्न र थप १ करोड रुपयाँ धरौटी वापत राख्न समेत आदेश दिएको छ।
यसअघि लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी बुटवल इजलासमा निवेदन दिनुभएको थियो । सो मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो भने त्यसअघि दुईपटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएर बहस रोकिएको थियो ।
जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गराउनुभएको थियो ।







