कालिकाको लोकगीत प्रतियोगितामा सम्पन्न, जीवनिकुमारी कुमाल प्रथम

rasifal bottom

गैडाकोट । कालिका नमुना माविको ५० औ वार्षिक उत्सव तथा स्वर्ण जयन्तीको अवसरमा आयोजित खुल्ला लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । बुधबार विद्यालय परिसरमा भएको कार्यक्रममा जीवनी कुमारी कुमालले प्रथम स्थान हासिल गर्नुभएको छ। त्यस्तै करुणा भण्डारीले द्वितीय स्थान हासिल गर्नुभएको छ भने तृतीय स्थान संसार सापकोटाले प्राप्त गर्नुभएको छ। प्रतियोगितामा क्रिस्टियाना सुनारले सान्त्वना स्थान हासिल गर्नुभएको छ।

Article Inline 2

प्रतियोगितामा प्रथम ,द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरूले क्रमश ३ हजार र २ हजार १ हजार र ५०० नगद र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगिताको निर्णायक संयोजकमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ त्यस्तै सदस्यमा संगीतकार विशाल ढकाल र लोकगायिका दुर्गा सापकोटा रहनुभएको थियो। प्रतियोगितामा १० जनाको सहभागिता रहेको थियो।

प्रतियोगितामा प्रमुख अतिथिको रुपमा गैंडाकोट नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य रहनुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि यशोदादेवी कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :