कालिकाको अन्तरविद्यालय फाइभ ए साइड फुट्सल प्रतियोगिताको उपाधि गैंडाकोट इङ्लिस स्कुलले जित्यो

banner 3

गैंडाकोट ।  कालिका नमुना माविको पचासौँ वार्षिक उत्सव एवं स्वर्ण महोत्सवको अवसरमा आयोजित अन्तरविद्यालय फाइभ ए साइड फुट्सल प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको खेलमैदानमा मङ्गलबार भएको फाइनल प्रतिस्पर्धामा गैंडाकोट इङ्लिस स्कुलले जनक नमुना माविलाई हराउँदै उपाधि जितेको हो। जितसँगै गैंडाकोट इङ्लिसले नगद १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

Article Inline 2

त्यस्तै द्वितीय स्थान हासिल गरेको जनक नमुना माविले नगद ७ हजार, मेडल ,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको अतिरिक्त क्रियाकलाप संयोजक गोविन्द चालिसेले जानकारी दिनुभयो। कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष करुणा सागर सुवेदीको उपस्थितिमा पुरस्कार वितरण गरिएको हो।

प्रतियोगितामा २१ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगिता मङ्सिर २२ गते सुरु भएको थियो कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्द राज विनोदिको प्रमुख आतित्यथा रहेको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष गङ्गाधर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको विद्यालयका शिक्षक मुकुन्द पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :