spot_img

Friday, May 22, 2026

जेष्ठ,अग्रज सँग विकू आशीर्वाद कार्यक्रमको शुभारम्भ

नवलपुर। जेष्ठ,अग्रज सँग विकू आशीर्वाद कार्यक्रमको शुभारम्भ भएको छ  ।
विकू बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक नीति तथा कार्यक्रम अनुसार  जेष्ठ/अग्रज सदस्यसँग आशीर्वाद कार्यक्रम आइतबार मध्यविन्दुमा शुरु भएको हो ।  घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम विकू पूर्ण सदस्य वडा नम्बर १ मध्यविन्दु नगरपालिकावाट विधिवत रुपमा शुभारम्भ गरिएको संस्थाका अध्यक्ष  प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो  ।
शुभारम्भ कार्यक्रममा वडा अध्यक्ष श्री तिलकराम न्यौपाने, मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयसोर भुसाल, सञ्चालक समिति, वडाका जनप्रतिनिधिज्यूहरु, व्यवस्थापन उप समिति र स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
शुभारम्भ कार्यक्रममा ६० जना जेष्ठ सदस्यहरुले स्वास्थ्य परिक्षण सेवा लिएका थिए  । तेस्तै  बाँकी मध्यविन्दु नगरपालिका वडा नं १ का सम्पुर्ण जेष्ठ,अग्रज नागरिकहरुको घरदैलो गरी स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिने मानव संसाधन व्यवस्थापन विभागका वरिष्ठ अधिकृत मदन सापकोटाले जानकारि दिनुभयो।

विकु सहकारीले वित्तीय गतिविधिसँगै सामाजिक र गैर–वित्तीय क्षेत्रमा समेत योगदान पु¥याउँदै आएको छ। “खुसी एवं स्वस्थ सदस्य” भन्ने नारासहित सहकारीले आफ्ना सदस्यहरूको आर्थिक अवस्था सुधार मात्र नभई स्वास्थ्य र खुसीलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ।

वि.सं. २०४८ सालमा दैनिक ५० पैसाबाट बचत संकलन गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ अघि बढिरहेको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :