spot_img

Saturday, June 13, 2026

कालिकाको स्वर्ण महोत्सवको अबसरमा अभिभावकहरुका लागि आयोजित खेलकुद कार्यक्रम सम्पन्न

गैँडाकोट। कालिका नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा आइतबार अभिभावकहरुका लागि आयोजित खेलकुद कार्यक्रम सम्पन्न भएको छ । खेलकुद कार्यक्रम अन्र्तगत अभिभावकहरुका लागि व्याडमिन्टन र म्युजिकल चियर प्रतियोगिता आयोजना गरिएको थियो । दुबै खेलमा अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

ब्याडमिन्टन प्रतियोगितामा अभिभावक कुसुम सुवेदीले प्रथम स्थान र चन्द्रबहादुर विश्वकर्माले द्वितिय स्थान हासिल गर्नुभएको छ । त्यसैगरी, अभिभावकहरुका लागि आयोजित म्युजिकल चियर प्रतियोगितामा सीता पौडेलले प्रथम स्थान, पुष्पा तामाङले द्वितिय स्थान, भगवती आचार्यले तृतिय र मालती आचार्य शर्माले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।


दुबै प्रतियोगिताका विजेता अभिभावकहरुलाई प्रमाणपत्र र पुरस्कार बितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष केशवप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो ।

भोलि विहान ७ बजेबाट गैँडाकोट नगरभित्रका विद्यालय स्तरीय ५ ए साइड फुटसल प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले जानकारी दिनुभयो । सो प्रतियोगितामा गैँडाकोट नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि २० वटा विद्यालयको सहभागिता रहने छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :